Home / खेल

खेल

विराट गोल्डकप फुटबलको उपाधि थ्रीस्टारलाई

विराटनगर । विराट गोल्डकप–२०७४ फुटबलको उपाधि थ्रीस्टार क्लब काठमाडौँले हात पारेको छ । विराटनगरको शहीद मैदानमा सोमबार राति सम्पन्न खेलमा त्रिभुवन आर्मीलाई ३–० ले पराजित गर्दे थ्रीस्टारले उपाधि हात पारेको हो । खेलको ५४ औँ मिनेटमा थ्रीस्टारले पाएको कर्नरलाई अनन्त तामाङले गोलमा परिणत गरे । शुरुदेखि नै दवावमा राखेको थ्रीस्टारले …

Read More »

नेपाली फुटबल टोलीको घोषणा

काठमाडौँ । एएफसी एसियन कप फुटबल प्रतियोगिताअन्तर्गत छनोट चरणको अन्तिम खेलका लागि मंगलबार २० सदस्यीय टोलीको घोषणा गरिएको छ । यही चैत १३ गते कतारको दोहामा हुने यमन विरुद्धको खेलका लागि अखिल नेपाल फुटबल संघले २० सदस्यीय टोलीको घोषणा गरेको हो । छनोट हुने खेलाडीको गोलरक्षकमा किरण चेम्जोङ, विकेश कुथु …

Read More »

नेपाली क्रिकेट टिम स्वदेश फिर्ता

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गरेको नेपाली क्रिकेट टोली सोमबार साँझ स्वदेश फर्केको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नवनियुक्त युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनुवार विश्वकर्मासहित खेलकुद मन्त्रालयका पदाधिकारी तथा क्रिकेटप्रेमीलगायतले सो टोलीलाई भव्य स्वागत गरेका थिए । जिम्बाब्वेमा सम्पन्न आइसिसी विश्वकप छनोट प्रतियोगितामा नेपालले प्लेअफ खेलमा पपुवा न्यूगिनीलाई …

Read More »

एसियाडको बन्द प्रशिक्षण वैशाखदेखि

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् राखेप का सदस्यसचिव केशवकुमार विष्टले इन्डोनेसियामा हुने आसन्न १८ औँ एसियाली खेलकुदको तयारीलाई लक्ष्य गरी खेलाडीको विशेष बन्द प्रशिक्षण आगामी वैशाखदेखि शुरु हुने बताएका छन् । राखेपअन्तर्गत राष्ट्रिय टोली तयारीको आयोजनामा आइतबारदेखि सातदोबाटोमा शुरु एनएससी हाई लेभल स्पोर्ट्स साइन्स एन्ड प्लानिङ सेमिनारको उद्घाटन गर्दै उनले …

Read More »

नेपाल नेदरल्याण्ड्ससँग ४५ रनले पराजित, एक दिवसीय मान्यता कायम

काठमाडौँं । विश्वकप छनोटको सातौं स्थानको प्ले अफमा नेपाल नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएको छ । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १९० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४४।४ ओभरमा सबै विकेट गुमाउँदै १४४ रन मात्र जोड्न सक्यो । नेपालका लागि सोमपाल कामीले ३६, कप्तान पारस खड्काले २२, दिपेन्द्रसिंह ऐरीले २५, करण केसीले …

Read More »

अन्तर्राष्ट्रिय क्रिकेट खेलेको २२ वर्षपछि नेपाललाई एक दिवसीय मान्यता

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपालले चार वर्षसम्मका लागि पहिलो पटक एकदिवसीय मान्यता पाएको छ । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटअन्तर्गत नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराएसँगै नेदरल्याण्ड्सले पनि हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एकदिवसीय मान्यता पाएको हो । नेपालले अब सो मान्यतासँगै आइसिसीले खेलाउने विभिन्न प्रतियोगितामा सहभागिता जनाउन …

Read More »

विश्वकप फुटबलको टिकट बेच्न खुलेका आठ सय अनलाईन बन्द

मस्को । विश्वकप प्रतियोगिताको टिकट विक्री गर्ने भनी विश्व फुटवल महासंघ (फिफा) टिकट बुकिङ खुल्नु पहिले नै गैरकानूनी रूपमा टिकट बेच्ने तयारीमा रहेका आठ सय भन्दा बढी वेभसाईटहरुलाई रसिया सरकारले बन्द गरिदिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फुटबल प्रतियोगिताको खेल हेर्नका लागि टिकट बेच्न गैरकानूनी रूपमा बनाइएका वेबसाइटहरुलाई …

Read More »

विश्वकप छनोटमा नेपालले हरायो हङकङलाई

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई पाँच विकेटले पराजित गरेको छ । जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लब मैदानमा १५४ रनको लक्ष्य पच्छाएको नेपालले ४०.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । दुई अंक जोडेको अफगानिस्तान रन रेटका आधारमा समूह ‘बी’ बाट तेस्रो भएर सुपर …

Read More »

विश्वकप छनोट क्रिकेटमा नेपाल जिम्बाब्वेसँग पराजित

काठमाडौँ । आइसिसी विश्वकप छनोटअन्तर्गत आइतबार भएको पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग ११६ रनले रनले पराजित भएको छ । ३८१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २६४ रन मात्र जोड्न सक्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ३२, दिलिप नाथले दुई, कप्तान पारस खड्काले ४०, दिपेन्द्रसिंह …

Read More »

डीपीएल क्रिकेटका लागि ७२ खेलाडी बिक्री

काठमाडौँ । दोस्रो संस्करणको धनगढी प्रिमियर लिग डिपीएल क्रिकेट प्रतियोगिताको अक्सनमा करण केसी, आरिफ शेख, वसन्त रेग्मी तथा सागर पुन सबैभन्दा महँगो खेलाडीको रुपमा बिक्री भएका छन् । ती चारैजना खेलाडी छुट्टाछुट्टै टोलीमा रु एक लाख ५० हजारमा विकेका हुन् । केसी र शेखलाई महेन्द्रनगर युनाइटेडले किन्यो भने रेग्मीलाई विराटनगर …

Read More »