Home / खेल (page 2)

खेल

रहेनन् मणि शाह

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणिविक्रम शाहको सोमबार निधन भएको छ । ५१ वर्षको उमेरमा नेपाली फुटबल टिमका म्याराडोनाले परिचित मणिको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । कलेजोमा गम्भीर समस्या देखिएपछि आइतबार साँझ सो अस्पताल भर्ना भएका शाहको सोमबार उपचारका क्रममा निधन भएको हो । राष्ट्रिय टिमका …

Read More »

एन्फाले महासचिवमा तुलाधर र कोषाध्यक्षमा जोशीलाई ल्यायो

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाको महासचिवमा इन्द्रमान तुलाधर र कोषाध्यक्षमा रवीन्द्र जोशीलाई नियुक्त गरिएको छ । एन्फाको नवनिर्वाचित कार्यसमितिको सोमबार बसेको पहिलो बैठकले सो निर्णय गरेको हो । यसअघि तुलाधर प्रमुख कार्यकारी अधिकृत र जोशी सहकोषाध्यक्ष थिए । त्यस्तै एन्फाका मानार्थ अध्यक्षमा टासी घले, वरिष्ठ मानार्थ उपाध्यक्षमा किशोर …

Read More »

एन्फामा आए कर्माछिरिङ शेर्पा

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित भएका छन् । १६ औँ साधारणसभाबाट निर्वाचनमा शेर्पाले अर्का प्रत्यासी मणि कुँवरलाई ५१ मतले पराजित गर्दै निर्वाचित भए । शेर्पाले ६३ र कुँवरले १२ मत प्राप्त गरे । उपाध्यक्षमा शेर्पा प्यानलका पंकजविक्रम नेम्वाङ, उपेन्द्रमान सिंह, कृष्णबहादुर थापा र वीरबहादुर …

Read More »

यु–१६ राष्ट्रिय क्रिकेटको उपाधि प्रदेश नं ७ लाई

काठमाडौँ । मनमोहन मेमोरियल १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नं ७ ले हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको फाइनल भिडन्तमा प्रदेश ७ ले प्रदेश नं २ लाई २४ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ७ ले निधारित …

Read More »

१८ औं एशियाडलाई कराते खेलाडी छनोट

काठमाडौँ । आगामी भदौमा इन्डोनेसियामा हुने १८औँ एशियाली खेलकूद (एशियाड)का लागि कराते खेलाडी छनोट भएका छन् । समान ४–४ पुरुष र महिला गरी आठ खेलाडी छनोट भएको रेफ्री संयोजक राजेन्द्र कपालीले जानकारी दिए । छनोट भएका एकबाहेक सबै विभागीय टोलीका खेलाडी हुन् । पुरुष एकल कातामा नेपाली सेनाका पर्शुराम बास्तोला, …

Read More »

विराट गोल्डकप फुटबलको उपाधि थ्रीस्टारलाई

विराटनगर । विराट गोल्डकप–२०७४ फुटबलको उपाधि थ्रीस्टार क्लब काठमाडौँले हात पारेको छ । विराटनगरको शहीद मैदानमा सोमबार राति सम्पन्न खेलमा त्रिभुवन आर्मीलाई ३–० ले पराजित गर्दे थ्रीस्टारले उपाधि हात पारेको हो । खेलको ५४ औँ मिनेटमा थ्रीस्टारले पाएको कर्नरलाई अनन्त तामाङले गोलमा परिणत गरे । शुरुदेखि नै दवावमा राखेको थ्रीस्टारले …

Read More »

नेपाली फुटबल टोलीको घोषणा

काठमाडौँ । एएफसी एसियन कप फुटबल प्रतियोगिताअन्तर्गत छनोट चरणको अन्तिम खेलका लागि मंगलबार २० सदस्यीय टोलीको घोषणा गरिएको छ । यही चैत १३ गते कतारको दोहामा हुने यमन विरुद्धको खेलका लागि अखिल नेपाल फुटबल संघले २० सदस्यीय टोलीको घोषणा गरेको हो । छनोट हुने खेलाडीको गोलरक्षकमा किरण चेम्जोङ, विकेश कुथु …

Read More »

नेपाली क्रिकेट टिम स्वदेश फिर्ता

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गरेको नेपाली क्रिकेट टोली सोमबार साँझ स्वदेश फर्केको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नवनियुक्त युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनुवार विश्वकर्मासहित खेलकुद मन्त्रालयका पदाधिकारी तथा क्रिकेटप्रेमीलगायतले सो टोलीलाई भव्य स्वागत गरेका थिए । जिम्बाब्वेमा सम्पन्न आइसिसी विश्वकप छनोट प्रतियोगितामा नेपालले प्लेअफ खेलमा पपुवा न्यूगिनीलाई …

Read More »

एसियाडको बन्द प्रशिक्षण वैशाखदेखि

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् राखेप का सदस्यसचिव केशवकुमार विष्टले इन्डोनेसियामा हुने आसन्न १८ औँ एसियाली खेलकुदको तयारीलाई लक्ष्य गरी खेलाडीको विशेष बन्द प्रशिक्षण आगामी वैशाखदेखि शुरु हुने बताएका छन् । राखेपअन्तर्गत राष्ट्रिय टोली तयारीको आयोजनामा आइतबारदेखि सातदोबाटोमा शुरु एनएससी हाई लेभल स्पोर्ट्स साइन्स एन्ड प्लानिङ सेमिनारको उद्घाटन गर्दै उनले …

Read More »

नेपाल नेदरल्याण्ड्ससँग ४५ रनले पराजित, एक दिवसीय मान्यता कायम

काठमाडौँं । विश्वकप छनोटको सातौं स्थानको प्ले अफमा नेपाल नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएको छ । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १९० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४४।४ ओभरमा सबै विकेट गुमाउँदै १४४ रन मात्र जोड्न सक्यो । नेपालका लागि सोमपाल कामीले ३६, कप्तान पारस खड्काले २२, दिपेन्द्रसिंह ऐरीले २५, करण केसीले …

Read More »