Home / खेल (page 5)

खेल

४ नं प्रदेशस्तरीय ‘मेयर कप फुटबल’ माघमा

बागलुङ । प्रदेश नं ४ स्तरीय ‘मेयर कप फुटबल प्रतियोगिता–२०७४’ यहाँ आगामी माघमा हुने भएको छ । बागलुङ नगरपालिकाको आयोजनामा हुने प्रतियोगिता माघ १६ देखि २४ गतेसम्म चल्नेछ । स्थानीय बाङ्गेचौर र भकुण्डे खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ । नगरपालिका आफैले पहिलोपटक ठूलो राशिको फुटबल प्रतियोगिता आयोजना …

Read More »

फुटबलमा नेपाल एक स्थान तल

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झर्दै १७१ औँ स्थानमा पुगेको छ । अघिल्लो महिना फिफाले जारी गरेको बरियतामा छ स्थान माथि चढ्दै नेपाल १७० औँ स्थानमा आइपुगेको थियो । यो महिना नेपालले एक स्थान गुमाएको हो । दक्षिण एसियाली …

Read More »

एसिसी यु–१६ क्रिकेट प्रतियोगिता नेपाललाई

काठमाडौँ । एसिसी १६ वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा नेपालले सिंगापुरलाई ७१ रनले पाखा लगाएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सिंगापुरलाई १८४ रनको लक्ष्य दिएको थियो । जवाफमा सिंगापुर ३१ दशमलव १ ओभरमा …

Read More »

एसिसी यू–१६ क्रिकेटमा नेपालको कीर्तिमानी जित, म्यानमार ३३७ रनले पराजित

काठमाडौँ । एसिसी यू–१६ (सोह्र वर्षमुनि) इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई ३३७ रनले पराजित गरेको छ । थाइल्याण्डमा जारी उक्त प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ६ विकेट गुमाएर ३५० रन बनायो । कप्तान रित गौतम र तृतराज दासले ९९ रनको …

Read More »

बहुउद्देश्यीय कभर्ड हल बनाइने

काठमाडौँ । नेपाल ओलम्पिक कमिटीले काठमाडौँ महानगरपालिका–१५ डल्लु आवास क्षेत्रमा भूकम्प प्रतिरोधात्मक बहुउद्देश्यीय कभर्ड हल बनाउने भएको छ । करिब छ रोपनीको क्षेत्रफलमा निर्माण गरिने उक्त हल आगामी पुसदेखि शुरु भई एक वर्षको समयावधिमा पूरा गरिनेछ । उक्त प्रयोजनका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले रु साढे चार करोड नेपाल ओलम्पिक कमिटीलाई …

Read More »

नेपाल चीनसंग ५० रनले पराजित तर अर्को चरणमा पुगेन

काठमाडौँ । आइसिसी महिला टि–ट्वेन्टी विश्वकप छनोट एसियाको आफ्नो अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ । थाइल्याण्डमा भएको उक्त प्रतियोगितामा नेपालले जित हासिल गरे पनि ग्लोबल छनोटमा भने पर्न सकेन । युएइले मलेसियालाई पराजित गरेपछि नेपाल शीर्ष दुई स्थानमा पर्न नसक्दा छनोट हुन नसकेको हो । नेपालले …

Read More »

नेपाली महिला टोलीको टी–२० विश्वकपमा छनोट हुने सम्भावना कमजोर

बैंकक । थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एशिया कप छनोट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्ससँग पराजित भएको छ । बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा भएको खेलमा नेपाल युएईसँग ५ रनले पराजित भएको हो । टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै …

Read More »

बैंकक म्याराथनमा दुई नेपालीलाई कास्य

बैंकक । थाइल्यान्डको बैंककमा भएको बैंकक म्याराथनमा नेपालका रामकृष्ण महर्जन र धर्म महर्जनले कास्यपदक जितेका छन् । दुवैले फुल म्याराथनमा पदक जितेका हुन् । नोभेम्बर १९ मा भएको ५०–५९ वर्षको उमेरसमूहमा रामले ३ घण्टा १० मिनेटमा दौड पूरा गरेको टिम व्यवस्थापक रजत श्रेष्ठले जनाएका छन् । धर्मले ४०–४९ उमेरसमूहमा ३ …

Read More »

एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालको यात्रा सेमिफाइनलसम्म

काठमाडौँ । मलेसियामा जारी एसीसी यु–१९ एसिया कपअन्तर्गत शुक्रबार भएको सेमिफाइनल खेलमा नेपाल अफगानिस्तानसँग सात विकेटले पराजित भएको छ । मलेसियाको क्वालालम्पुरस्थित किन्नरारा ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले अफगानिस्तानलाई १०४ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रेको अफगानिस्तानले २०।३ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । अफगानिस्तानलाई जितका …

Read More »

एएफसी फुटबलमा नेपाल र फिलिपिन्स बराबरीमा

काठमाडौँ । एएफसी एसियन कप छनोट चरणको आफ्नो पाँचौं खेलमा नेपालले फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको छ । सातदोबाटोस्थित एन्फा अखिल नेपाल फुटबल संघ कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको खेलमा नेपालले सबैभन्दा बलियो मानिएको टोली फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको हो । यसअघि, गत चैतमा भएको छनोट चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग …

Read More »