Home / देश

देश

उपत्यकाको पूर्वाधारले मानवअधिकारको उपभोगमा असर

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँ उपत्यकाको भौतिक पूर्वाधारको विकास निर्माणबाट वातावरण र मानवअधिकारको उपभोगमा पर्न गएको असरबारे छ महिनाभित्र आयोगलाई जानकारी गराउन निर्देशन दिएको छ । आयोगमा आइतबार भएको छलफलमा आयोगका सदस्य सुदीप पाठकले समग्र मानव अधिकारका विषयमा कानून कार्यान्वयन गर्ने निकायले छ महिनाभित्र प्रगति विवरण बुझाउन निर्देशन भएको …

Read More »

लागुऔषध खरिदबिक्री गरिरहेका अवस्थामा चार युवा पक्राउ

लहान । प्रतिबन्धित लागुऔषध खरिदबिक्री गरिरहेका अवस्थामा प्रहरीले सिरहाको लहान नगरपालिका–१३ स्थित बस्तीपुरबाट चार युवालाई पक्राउ गरेको छ । लहान नगरपालिका–१३ बस्तीपुरस्थित आँप बगैंचामा झुपडी बनाई लागुऔषध बेचबिखन गरिरहेको अवस्थामा लहान नगरपालिका–११ निवासी १८ वर्षीय विक्रमकुमार सदाय, लहान नगरपालिका–१३ निवासी २६ वर्षीय नन्दकुमार महतो तथा १९ वर्षीय दिलीपकुमार सदाय र …

Read More »

पोखराको रत्न मन्दिरलाई सङ्ग्रहालय बनाइने

पोखरा । प्रदेश सरकारले पोखरास्थित फेवातालको किनारामा अवस्थित रत्न मन्दिरलाई सङ्ग्रहालयका रुपमा विकास गर्ने तयारी गरेको छ । रत्न मन्दिर र हिमागृह सर्वसाधारणका लागि खुला गरेर तिनलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने तयारी गरिएको हो । नेपाल ट्रष्टको मातहतमा रहेका रत्न मन्दिर र हिमागृहलाई केन्द्रीय सरकारसँग छलफल गरी पर्यटकका लागि …

Read More »

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहले राष्ट्रिय मानव बेचविखन तथा ओसारपसारविरुद्धको १२ औँ राष्ट्रिय दिवस मनाउन निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले स्थानीय तहबाट नै मानव बेचविखन तथा ओसारपसारमा सचेतना अपनाउन आगामी भदौ २० गते दिवस मनाउन लागिएको बताए । मनाउन लागिएको दिवसको …

Read More »

एकको मृत्यु, घाइते १७ मध्ये ६ गम्भीर

राजविराज । सप्तरी कञ्चनरुप नगरपालिकामा आज साँझ भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । मृत्युहुनेमा कञ्चनरुप नगरपालिका–११ ठेलियाका ४५ वर्षीय थिरी चौधरी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पूर्व पश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप …

Read More »

पहिरोमा परी आठ जनाको मृत्यु

जाजरकोट । जाजरकोट सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरामा परी आठ जनाको मृत्यु भएको छ । पहिरोले पुरेका उनीहरुको शव निकालिएको छ । एक जनाको जीवितै उद्धार गरिएको छ । भेरी नगरपालिका– ६ गंगटियाका खड्गबहादुर लुहारको जीवितै उद्धार गरिएको छ । मृत्यु हुनेमा लुहारकी श्रीमती २५ वर्षीया शीतला, उनका छोरी …

Read More »

मिश्रले तोके पेशी, जोशी बिदामा

काठमाडौँ । सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशको हैसियलतले कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आइतबारदेखि काम शुरु गरेका छन् । संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि वरिष्ठतम् न्यायाधीश मिश्र कामु प्रधानन्यायाधीशकोे हैसियतले मुद्दाको पेशी तोकेर काम शुरु गरेका हुन् । जोशीलाई प्रधानन्यायाधीश हुन समितिले अयोग्य ठहर …

Read More »

पाँचौं पटक मन्त्रिपरिषद विस्तार

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त दुई मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा शपथ कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकाल र भूमि व्यवस्थापन, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्याललाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । पूर्व कानुनमन्त्री शेरबहादुर …

Read More »

ट्याक्टर दुर्घटनामा एक युवकको मृत्यु

पर्वत । दोविल्ला–फलेवास सडकखण्डअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा भएको टयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । किराना सामान बोकेर पर्वतकै फलेवास नगरपालिका वडा नं २ थापाठानाका लागि गुडेको ग १ त २८२२ नंको ट्याक्टर गायत्री भन्ने स्थानमा बिहीबार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा परी बागलुङको बागलुङ नगरपालिका–१३ बलेवाका …

Read More »

पोखराका कर्मचारी र जनप्रतिनिधिलाई बस सुविधा

पोखरा । पोखरा लेखनाथ महानगपालिकाले कर्मचारी सुविधाका लागि बुधबारदेखि बस सेवा सञ्चालन गरेको छ । महानगर तथा अन्तर्गत कार्यालयमा कार्यरत कर्मचारीलाई कार्यालय अवतजावतका लागि सजिलो होस् भनेर बस सेवा सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए । बस सेवाको सुविधा महानगरका जनप्रतिनिधिले पनि उपयोग गर्न सक्ने बताउँदै उनले …

Read More »