Home / स्वास्थ्य

स्वास्थ्य

पाठेघर प्रत्यारोपण गरिएकी महिलाबाट बच्चा जन्मियो

हाउसटन । अर्कै महिलाको पाठेघर (गर्भाशय) प्रत्यारोपण गरिएकी एक महिलाबाट संयुक्त राज्य अमेरिकामा बच्चा जन्मिएको छ । यस घटनालाई विश्वकै चिकित्सा विज्ञानमा ठूलो उपलब्धि भएको भनी चिकित्सा क्षेत्रका व्यक्तिहरुले प्रचारप्रसार गरेका छन् । गर्भाशय प्रत्योपित महिलाबाट अमेरिकामा यो पहिलो पटक बच्चा जन्मिएको अमेरिकाको टेक्सासमा रहेको अस्पतालले पुष्टि पनि गरेको समाचारमा …

Read More »

प्रहरी अस्पताल सर्वसाधारणका लागि खुल्ला

काठमाडौँ । महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल आइतबारदेखि सर्वसाधारणका लागि पनि खुल्ला गरिएको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आइतबार सर्वसाधारणका लागि स्वास्थ्य सेवाको शुभारम्भ गरे । उनले संविधानले सुनिश्चित गरेको जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकारलाई मौलिक हकका रुपमा ब्याख्या गरिएकाले प्रहरीले मनन् गरी आम नागरिकका लागि पनि प्रहरी अस्पताल …

Read More »

सर्पदंशको औषधि अब नेपालमै

काठमाडौँ । नेपालमा पहिलोपटक सर्पदंशको औषधि (सर्पको डसाइबाट बच्ने) ‘एन्टी स्नेक भेनम’ उत्पादन गरिने भएको छ । निजी क्षेत्रको ‘एन्टिस्नेक भेनम सेरुम रिसर्च एण्ड मेनुफ्याक्चरिङ’ प्रालिले सुनसरीको महेन्द्रनगरमा औषधि उत्पादन गर्ने सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । करिब रु ८८ करोड ६३ लाखको लागतमा निर्माण हुने औषधि उद्योगबाट …

Read More »

सभामुखलाई सक्रिय भूमिका खेल्न प्रा डा केसीको आग्रह

काठमाडौँ । आमरण अनशनरत प्रा डा गोविन्द केसीले संसद् प्रमुखको हैसियतले सभामुखलाई चिकित्सा शिक्षा विधेयक पारित गराउन सक्रिय भूमिका खेल्न आग्रह गरेका छन् । प्रा डा केसीले बिहीबार पत्रकार सम्मेलन गरी सभामुखलाई संसद्को बाँकी रहेको अवधिमा विधेयकलाई सहीरूपमा पारित गराउन आग्रह गर्दै केही राजनीतिक दल र सांसदहरू नागरिकको गुणस्तरीय स्वास्थ्य …

Read More »

डेंगुले उठीवास लगाउने संकेत, नियन्त्रण गर्न टोली परिचालन

मलेखु । जिल्ला स्वास्थ्य कार्यालय, धादिङले जिल्ला सदरमुकाम, धादिङबेँसी र आसपासका क्षेत्रमा डेंगु फैलिएर महामारीको रुप लिएपछि नियन्त्रण गर्न २० वटा टोली परिचालन गर्ने भएको छ । सोमबार बसेको जिल्ला स्वास्थ्य कार्यालयमा महामारी नियन्त्रण विभागको टोली र जिल्लाका सरोकारवालाहरुको बैठकले २० टोली परिचालन गरी डेंगु नियन्त्रण गर्ने जिल्ला स्वास्थ्य कार्यालयका …

Read More »

चिकित्सकहरुको हडताल स्थगित, मागमा सरकार राजी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको रोहवरमा आज नेपाल चिकित्सक सङ्घ र सरकारी पक्षबीच भएको वार्तामा चारबुँदे सहमतिसँगै चिकित्सकले अस्पतालमा जारी राखेको हडताल अन्त्य गरेका छन् । उपचारमा चिकित्सकको लापरबाही भई बिरामीको मृत्यु भएमा चिकिसकबाट क्षतिपूर्ति भराउने सम्बन्धी कानून ल्याउन लागेको भन्दै सङ्घको आह्वानमा यही असोज २ गतेको मन्त्रिपरिषद्को बैठकमा स्वास्थ्यकर्मी …

Read More »

प्रा डा गोविन्द केसीको १२ औं आमरण अनशन स्थगित, १९ गतेदेखि थाल्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानका प्रा डा गोविन्द केसीले आफ्नो १२ औं अनशन स्थगित गरेका छन् । सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७४ स्थगन गरेको र बडादशैँ पनि शुरु भएकाले देशभरिका सहयोगी समर्थक र शुभचिन्तकको आशयलाई ध्यानमा राखी हाललाई अनशन स्थगन भएको उनले विज्ञप्तिमार्फत जनाएका छन् । प्रा …

Read More »

चिकित्सकको सल्लाह –मुटु र रगतको जाँच गरेर मात्रै मासु खाउ

भक्तपुर । दशैंमा बढी मासुको खपत हुने र मासुका विभिन्न परिकार खाने प्रचलनले स्वास्थ्यमा गम्भीर संकट निम्त्याउन सक्ने जनाउँदै चिकित्सकले सचेत हुन आग्रह गरेका छन् । दशैंमा बढी जोशिएर रातो (खसी, रांँगा र बढी बोसो हुने बगुर र बँदेल) मासु सकभर नखान उनीहरुले सल्लाह दिएका छन् । आफन्त, नातागोता र …

Read More »

दुई हप्तामा २८ जनामा स्क्रब टाइफस

रत्ननगर । चितवनमा पछिल्लो चौध दिनमा २८ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ । गत भदौ २० देखि असोज ३ गतेसम्म विभिन्न अस्पतालबाट प्राप्त प्रतिवेदनअनुसार २८ जनामा संक्रमण देखिएको हो । गत भदौ २० गते १५४ जनामा रोग देखिएको थियो । अहिले बढेर रोगको संक्रमण १८२ जनामा पुगेको जिल्ला …

Read More »

प्रा डा गोविन्द केसी पुनः सत्याग्रह आन्दोलनमा, विज्ञप्तिसहित

काठमाडौँ । त्रिविवि चिकित्सा अध्ययन संस्थानका प्रा डा गोविन्द केसीले विगतमा आफूले उठान गरेमा माग सरकारले पूरा नगरेको जनाउँदै चार सूत्रीय माग राखी पुनः सत्याग्रह आन्दोलन गर्ने जनाएका छन् । यही असोज २० गतेदेखि आन्दोलनका कार्यक्रम शुरु हुने उनले विज्ञप्तिमा जनाएका छन् । ती मागमा माथेमा प्रतिवेदन र आफ्ना सुझावलाई …

Read More »