Home / स्वास्थ्य (page 3)

स्वास्थ्य

गोविन्द केसीको बयान लिने क्रम सकियो, सुनुवाई बुधबार

काठमाडौँ । सर्वोच्च अदातलले वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीलाई निजको स्वास्थ्य स्थितिलाई विचार गरी अनुकूल हुने गरी सुविधाजनकरुपमा राख्न आदेश दिएको छ । न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चासिलेको संयुक्त इजलासले प्राडा केसीको स्वास्थ्यलाई ध्यानमा राखी सुविधाजनकरुपमा राखेर बुधबार बिहान १० बजे अदालतमा उपस्थिति गराउन आदेश दिएको हो । अदालतको …

Read More »

प्रा डा गोविन्द केसी पक्राउ, मानहानीको आरोप

काठमाडौँ । प्रहरीले आमरण अनशनरत वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीलाई पक्राउ गरेको छ । सोमबारदेखि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै १४ औँ अनशन शुरु गरेका प्रा डा केसीलाई सोमबारै बेलुका अनशनस्थल त्रिवि शिक्षण अस्पतालबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता रामदत्त जोशीले जानकारी दिए । प्रा डा केसीलाई महानगरीय …

Read More »

आठ घण्टाभन्दा कम सुत्नेलाई मानसिक समस्या

काठमाडौं । दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डप्रेसन) को समस्या देखिएको एक अध्ययनले देखाएको छ । अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले सो तथ्य पत्ता लागेको जनाएको हो । सुत्ने समयावधि र मानसिक अवस्था बीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दा कम सुत्नेमा …

Read More »

अशक्त बिरामीलाई मासिक पाँच हजार भत्ता

काठमाडौँ । सरकारले गम्भीर प्रकृतिका अशक्त बिरामीलाई मासिक रु पाँच हजार जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले दुवै मिर्गौलाले काम नगर्ने, क्यान्सर रोगी र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका अपांग बिरामीलाई मासिक रु पाँच हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए …

Read More »

नेपाल औषधि लिमिटेडले सिटामोल उत्पादन गर्दै

काठमाडौँ । नेपाल औषधि लिमिटेडले आगामी माघदेखि सिटामोल उत्पादन गर्ने भएको छ । लिमिटेडले सिटामोल उत्पादनका लागि ९० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । लिमिटेडका महाप्रबन्धक डा रोभसकुसुम सुवेदीले कुनै व्यावधान नआए १५ दिनभित्र भारतबाट दुईवटा मेसिन आएपछि माघदेखि सिटामोल उत्पादन गर्ने गरी आवश्यक अन्य तयारी पूरा भइसकेको जानकारी …

Read More »

४७ वर्षअघि उद्घाटन भएको अस्पतालअझै सञ्चालनमा आएन

जितपुर । कपिलवस्तुको भारतीय सीमावर्ती कृष्णनगर बजारको कृष्णनगर अस्पताल उद्घाटन भएको ४७ वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन । पश्चिम नेपालको बेलहिया सुनौली नाकापछि दोस्रो भन्सार नाकाका रूपमा परिचित यो नाकाबाट राज्यले वार्षिक अर्बौं रुपैयाँ राजश्व संकलन गर्दै आए पनि नजिकै रहेको अस्पताल भने आर्थिक अभावका कारण निर्माण …

Read More »

महिला सुत्केरी भए १० हजार तत्काल

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले गाउँसभाका महिला सदस्यहरु सुत्केरी भए सहयोगस्वरुप एकमुष्ट रु १० हजार दिने भएको छ । अन्नपूर्ण गाउँ कार्यपालिकाको हालै सम्पन्न बैठकले गाउँ सभाका सदस्य महिला सुत्केरी भए १० हजार दिने र गाउँपालिकाभित्रका अरु गर्भवती, सुत्केरी महिलाका साथै गरिब तथा विपन्नको उपचारमा सहज हुने गरी कोषको स्थापना …

Read More »

पाठेघर प्रत्यारोपण गरिएकी महिलाबाट बच्चा जन्मियो

हाउसटन । अर्कै महिलाको पाठेघर (गर्भाशय) प्रत्यारोपण गरिएकी एक महिलाबाट संयुक्त राज्य अमेरिकामा बच्चा जन्मिएको छ । यस घटनालाई विश्वकै चिकित्सा विज्ञानमा ठूलो उपलब्धि भएको भनी चिकित्सा क्षेत्रका व्यक्तिहरुले प्रचारप्रसार गरेका छन् । गर्भाशय प्रत्योपित महिलाबाट अमेरिकामा यो पहिलो पटक बच्चा जन्मिएको अमेरिकाको टेक्सासमा रहेको अस्पतालले पुष्टि पनि गरेको समाचारमा …

Read More »

प्रहरी अस्पताल सर्वसाधारणका लागि खुल्ला

काठमाडौँ । महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल आइतबारदेखि सर्वसाधारणका लागि पनि खुल्ला गरिएको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आइतबार सर्वसाधारणका लागि स्वास्थ्य सेवाको शुभारम्भ गरे । उनले संविधानले सुनिश्चित गरेको जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकारलाई मौलिक हकका रुपमा ब्याख्या गरिएकाले प्रहरीले मनन् गरी आम नागरिकका लागि पनि प्रहरी अस्पताल …

Read More »

सर्पदंशको औषधि अब नेपालमै

काठमाडौँ । नेपालमा पहिलोपटक सर्पदंशको औषधि (सर्पको डसाइबाट बच्ने) ‘एन्टी स्नेक भेनम’ उत्पादन गरिने भएको छ । निजी क्षेत्रको ‘एन्टिस्नेक भेनम सेरुम रिसर्च एण्ड मेनुफ्याक्चरिङ’ प्रालिले सुनसरीको महेन्द्रनगरमा औषधि उत्पादन गर्ने सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । करिब रु ८८ करोड ६३ लाखको लागतमा निर्माण हुने औषधि उद्योगबाट …

Read More »