Home / राजनीति

राजनीति

सांसद दुलालको गाडीमा ढुङ्गा प्रहार गर्ने पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी वृत्त बौद्धले प्रदेश ३ का सांसद गणेश दुलालको सवार गाडीमा ढुङ्गा प्रहार गर्ने एक जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले काठमाडौँ महानगरपालिका–६ बौद्ध महाङ्काल पानीट्याङ्की नजीक सडकमा बा१९च ४९८ नंको गाडीमा हिँडिरहेको अवस्थामा ढुङ्गा प्रहार गर्ने उदयपुरका २० वर्षीय पासाङ दोर्जे शेर्पालाई पक्राउ गरेको हो …

Read More »

प्रधानमन्त्रीको ओलीको परराष्ट्र सल्लाहकारमा भट्टराई र प्रमुख स्वकीय सचिवमा भण्डारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको परराष्ट्र सल्लाहकारमा डा राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भएका छन् । भट्टराई पूर्वसांसद र भण्डारी तत्कालीन नेकपा (एमाले) मेची काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले मन्त्रिपरिषद्को आइतबारको बैठकको निर्णयअनुसार उनीहरु नियुक्त भएको जानकारी दिए …

Read More »

नेकपाका कार्यकर्ताले मारे काँग्रेस नेतालाई, सात जनाको अवस्था गम्भीर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताले नेपाली काङ्ग्रेस सर्लाही रामनगर गाउँपालिका–४ का रामविलास महतोको हत्या गरेका छन् । उनीहरुले निर्ममपूर्वक आक्रमण गरी हत्या गरेका हुन् । काँग्रेसले हत्यामा संलग्नलाई कारवाही गर्न सरकारसँग माग गरेको छ । काङ्ग्रेसले विज्ञप्तिमार्फत मृतकलाई शहीद घोषणा गर्न र उक्त घट्नाका घाइतेहरुको निःशुल्क उपचारको प्रबन्ध …

Read More »

प्रधानमन्त्री ओली बिमार, स्वास्थ्य स्थिर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिति स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । प्रा डा अरुण सायमीको संयोजकत्वमा प्रा डा दिव्यासिंह शाह तथा डा सन्तकुमार दास सम्मिलित चिकित्सक टोलीले प्रधानमन्त्रीको उपचार गरिरहेको छ । “प्रधानमन्त्रीज्यूको स्वास्थ्य परीक्षणका पछिल्ला रिपोर्ट सुधारोन्मुख छन्, सुगरको लेभल पनि स्थिर छ”, …

Read More »

प्रधानमन्त्री ओली स्वस्थ्य हुँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मौसमी रुघाखोकी र हल्का ज्वरोबाट सामान्य अस्वस्थ भएका कारण चिकित्सकको सल्लाहबमोजिम दुई दिनदेखि नियमित भेटघाट र बैठकबाट टाढा रही निवासमै आराम गरिरहेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जारी गरेको प्रेस नोटअनुसार हाल ज्वरो नियन्त्रणमा आई प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ …

Read More »

‘नेकपा’ नामकोआधिकारिता निर्वाचन आयोगले निर्णय गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको नाम कुन पक्षलाई दिने भन्ने विषयमा सम्बन्धित दलबीच सहमति हुन नसकेपछि निर्वाचन आयोगले नै यसबारे निर्णय गर्ने भएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि गठन भई आयोगमा दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र त्यसअघि दर्तामा रहेको ऋषि कट्टेल नेतृत्वको नेकपाका …

Read More »

आगामी बजेटमा ज्येष्ठ नागरिक भत्ता बढाउने प्रधानमन्त्री ओलीको भनाइ

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढाइने बताएका छन् । आफ्नो सरकार गठन हुँदा मुलुकको ढुकुटी रित्तो अवस्थामा रहेका कारण चालू वर्ष ज्येष्ठ नागरिक भत्ता बढाउन नसकेको उनले बताए ।दशैँका अवसरमा नेकपा झापा जिल्ला कमिटीद्वारा बिहीबार बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रम ओलीले भने, “भनेजस्तो …

Read More »

जनताले हेर्न पाउने भए राजाको श्रीपेच

काठमाडौँ । नेपालमा गणतन्त्र स्थापनापछि सङ्ग्रहालयका रुपमा परिणत भएको नारायणहिटी राजदरबारमा रहेको नेपालका राजाहरुले लगाउने श्रीपेच सोमबार सर्वसाधारणका लागि अवलोकन गर्न खुला गरिएको छ । नारायणहिटी दरबारमा रहेका श्रीपेच, राजदण्ड र अन्य सामग्री प्रदर्शनीको यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै दैवी शक्तिको झुटो सिद्धान्तका भरमा शासन गर्ने परम्पराको अन्त्य …

Read More »

चक्र बाँस्तोलाको निधनप्रति काँग्रेसले १३ दिनसम्म शोक मनाउने

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेता चक्रप्रसाद बाँस्तोलाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरेका छन् । बाँस्तोलाको पार्थिव शरीरमा सभापति देउवाले आइतबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरे । बाँस्तोलाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अपराह्न १३ः३० देखि १६ः३० बजेसम्म पार्टी कार्यालय सानेपामा राखिएको थियो …

Read More »

स्वतन्त्र मधेशका संयोजक राउतका तीन कार्यकर्ता पक्राउ

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउन गएका सिके राउतका तीन जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवेशद्वारबाट सञ्जय यादव, विश्वनाथ चौधरी र अमरदीप यादवलाई धनुषा प्रहरीले आइतबार पक्राउ गरेको हो । पक्राउ परेका तीन जना रौतहटको गौरबाट पक्राउ परेका स्वतन्त्र …

Read More »