Home / राजनीति (page 10)

राजनीति

संघीय संसद्को प्रथम अधिवेशन आइतबार बस्दै

काठमाडौँ । संघीय संसद्को प्रथम ऐतिहासिक अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । नेपालको संविधानअनुसार प्रतिनिधिसभाको निर्वाचनपछि गठन भएको संघीय संसद्को पहिलो बैठक आइतबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्न लागेको हो । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण अपराह्न १६ः०० बजे र राष्ट्रियसभाका सदस्यको शपथ ग्रहण १७ः०० …

Read More »

काँग्रेस संसदीय दलको निर्वाचन फागुन २१ मा

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दल निर्वाचन समितिको बैठकले संसदीय दलको नेता चयनका लागि यही फागुन २१ गते निर्वाचन गर्ने तयारी गरेको छ । सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा मंगलबार बसेको समितिको बैठकले २१ गते अपराह्न ४ बजे संघीय संसद्को बैठक बस्नुभन्दा अगाडि संसदीय दलको निर्वाचन गर्ने तयारी गरेको काँग्रेसका …

Read More »

फोरमलाई सरकारमा जान हतारो

काठमाडौँ । सरकार विस्तार र संविधान संशोधनका विषयमा सहमति जुटाउन वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालका नेताहरु गृहकार्यमा लागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा संघीय समाजवादी फोरम नेपालको सहभागिता रहने र आपसी सहमति एवं औचित्यका आधारमा संविधान संशोधनका विषय अगाडि बढाउने गरी दुवै पक्षका नेताहरु आपसी …

Read More »

मन्त्रिपरिषद विस्तार, थपिए चार

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चार मन्त्रीलाई सोमबार पद तथा गोपनीयताको शपथ दिलाइएको हो । शपथ लिने मन्त्रीमा ईश्वर पोखरेल, रामबहादुर थापा, मातृका यादव र डा युवराज खतिवडा हुन् । पोखरेल रक्षा, …

Read More »

रेशम चौधरी थुनामा

धनगढी । जिल्ला अदालत कैलालीले टीकापुर घटनाको मुख्य अभियुक्त रेशमलाल चौधरीलाई पुर्पक्षका लागि थुनामा राखेर मुद्दाको प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले सोमबार चौधरीलाई थुनामा राखेर कारबाही प्रक्रिया अगाडि बढाउन आदेश दिएको हो । टीकापुर घटनाको झण्डै ३० महिनापछि अदालतमा आफूविरुद्ध दायर गरिएको …

Read More »

बादलको नेतृत्वमा माओवादी सरकारमा

भक्तपुर । नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले आइतबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने बताएका छन् । भक्तपुरमा आयोजित साक्षात्कारमा नेता गुरुङले पार्टीका वरिष्ठ नेता रामबहादुर थापा बादलको नेतृत्वमा माओवादी सरकारमा जाने बताए । अबको १५ दिनभित्र दुई पार्टी एकताले पूर्णता पाउने दाबी गर्दै उनले राष्ट्र र राष्ट्रियताको विषयमा पक्ष÷प्रतिपक्ष नभएर वाम …

Read More »

काँग्रेसका सांसदहरुको बैठक शनिबार

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरुको बैठक यही फागुन १२ गते शनिबार बोलाएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको संयुक्त बैठक काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बिहीबार फागुन १० गतेका लागि बोलाइएको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक …

Read More »

विप्लवको बन्द, थुप्रै पक्राउ, ठाउँठाउँमा बम आतंक

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले मंगलबार गरेको बन्द आब्हानका क्रममा ठाउँठाउँमा बम राखेको छ । तर्साउने उद्धेश्यले राखिएको बम आतंकका क्रममा पोखरामा दुई जना घाइते भएका छन् भने कपिलवस्तुमा यात्रुबाहक बसमा फालिएको पेट्रोल बममा परी १२ जना घाइते भएका छन् । काठमाडौं उपत्यकामा पनि दुई …

Read More »

प्रधानमन्त्री भएको तीन दिनपछि ओली बालुवाटारमा प्रवेश

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार साँझ निजी निवास बालकोटबाट प्रधानमन्त्री निवास बालुवाटारमा सरेका छन् । साँझपख बालुवाटार सरेका प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालमा गतबर्ष साउन १९ गते आफू बहिर्गमन हुँदा समृद्धिको प्रतीकस्वरुप पीपलको वृक्ष रोपेका थिए । १९ महिनापछि सोही पीपलको बिरुवामा जल सिञ्चित गर्दै बालुवाटार प्रवेश गरे …

Read More »

प्रधानमन्त्री ओली आइतबार बालुवाटार छिर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने भएका छन् । प्रधानमन्त्री ओली अपराह्न ४ः०० बजे बालुवाटार सर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार प्रधानमन्त्री निवास छोडेका थिए । ओलीले बिहीबार प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि जिम्मेवारी सम्हालेका …

Read More »