Home / राजनीति (page 2)

राजनीति

मुख्यमन्त्री राउत भन्छन् –जनताको अधिकारविरुद्ध कुनै पनि गतिविधि स्वीकार गरिन्न

धनुषा । मधेश आन्दोलनका घाइते विजयकुमार ठाकुरलाई प्रदेश सरकारले रु एक लाख ५० हजार रकम सहयोग उपलब्ध गराएको छ । महोत्तरी पिपरा गाउँपालिका–५ रतौलीमा सोमबार आयोजित मधेश आन्दोलनका घाइतेको सम्मान कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उनलाई उक्त रकमको चेक हस्तान्तरण गरे । प्रदेश सरकारले मधेश आन्दोलन क्रममा …

Read More »

के होला नेकपा सचिवालय बैठकमा

काठमाडौँ । पार्टी एकता प्रक्रिया र सरकार सञ्चालनका विषयमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी नेकपाको यही असोज २१ गते आइतबार अपराह्न सचिवालय बैठक बस्ने भएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार भएको छलफलपछि सचिवालयको बैठक बोलाइएको हो । संयुक्त …

Read More »

तीन दिनका लागि सर्यो काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौँ । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक तीन दिनका लागि सरेको छ । काङ्ग्रेसले पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्नका लागि यही असोज १९ गते शुक्रबार बोलाएकोमा विशेष कारणवश बैठक असोज २२ गते सोमबार दिँउसो १ बजेसम्मका लागि सारिएको हो । काङ्ग्रेसले विधान संशोधनका लागि प्रदेशबाट आएका सुझाव …

Read More »

अहिंसाको बाटोमा गरिएको आन्दोलन दिगो

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अहिंसात्मक आन्दोलनबाट प्राप्त उपलब्धि दिगो र भरपर्दो हुने बताएका छन् । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले १५० औँ गान्धी दिवसका अवसरमा मंगलबार आयोजना गरेको २१ औँ शताब्दीको लोकतन्त्र र गान्धी विषयक विचार गोष्ठीमा उनले महात्मा गान्धी भारतीय स्वतन्त्रता सङ्ग्रामका शीर्ष पुरुष भएको बताए । …

Read More »

नेकपामा गाभियो राजद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीमा राष्ट्रिय जनता दल समाहित भएको छ । धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका महासचिव विष्णुप्रसाद पौडेल र नेता सुवास नेम्वाङले दलका अध्यक्ष भरत महतोको नेतृत्वमा रहेका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरेका थिए । सोही कार्यक्रममा राष्ट्रिय जनता पार्टी सर्लाहीका अध्यक्ष नागेश्वर …

Read More »

अमेरिकी भ्रमण सकेर प्रधानमन्त्री ओली कोस्टारिकातर्फ प्रस्थान

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिई कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा आइतबार सान होजेतर्फ प्रस्थान गरेका छन् । उनका साथमा उनकी धर्मपत्नी राधिका शाक्य पनि रहेकी छिन् । प्रधानमन्त्री ओलीले सान होजेमा कोस्टारिकाका …

Read More »

फाइनल भयो प्रदेश ७ को नाम र स्थायी राजधानी

धनगढी । प्रदेश नं ७ प्रदेशसभाको शुक्रबार बसेको दोस्रो बैठकले प्रदेशको स्थायी राजधानी रहने स्थान र नामाङ्कनसम्बन्धी प्रस्तुत प्रस्तावलाई दुई तिहाइ बहुमतले पारित गरेको छ । बैठकमा प्रदेश नं ७ को स्थायी राजधानी र नामाकरणका सम्बन्धमा सत्ता पक्षका संसदीय दलका प्रमुख सचेतक तामाङले प्रस्ताव प्रस्तुत गरेका थिए भने सत्तापक्षकै सदस्य …

Read More »

ओलीले भने –‘वार्ताले मतभेद पराजित गर्छ र मतले गोलीलाई पराजित गर्छ’

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन शान्तिपूर्ण तथा प्रजातान्त्रिक सङ्क्रमणको विश्वकै लागि मौलिक उदाहरण भएको बताएका छन् । उनले ‘‘वार्ताले मतभेद पराजित गर्छ र मतले गोलीलाई पराजित गर्छ’’ भन्ने भनाइको साक्षी–बयानको रुपमा नेपालको शान्ति प्रक्रियालाई प्रस्तुत गर्न सकिने पनि बताए । संयुक्त राष्ट्रसङ्घ, महासभाको ७३ औँ महाअधिवेशनमा …

Read More »

सङ्घीय संसद्को दोस्रो अधिवेशन १३५ दिन चलेर सकियो

काठमाडौँ । सङ्घीय संसद्को दोस्रो अधिवेशन बिहीबार राति १२ बजेदेखि समापन भएको छ । दोस्रो अधिवेशनमा संसदबाट संविधानको मौलिक हक कार्यान्वयनका लागि १६ विधेयक पारित भएको छ । प्रतिनिधिसभाको पहिलो बैठक गत वैशाख २३ गते प्रारम्भ भई १३५ दिन चालु रहेको संसद् सचिवालयले जनाएको छ । यसबीच ६९ दिनमा ७९ …

Read More »

मदिरा नियन्त्रण गर्नुपर्ने

चितवन । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिग्राम जम्मकट्टेलले जथाभावी रुपमा मदिरा बिक्री भएको भन्दै नियन्त्रण गर्नुपर्ने बताएका छन् । जिल्लाका जनप्रतिनिधि तथा प्रदेश सांसदसँगको छलफलमा उनले चिया पसलमा समेत मदिरा बिक्री गर्ने गरिएकाले त्यसलाई रोक्नुपर्ने बताए । जिल्ला तहमा प्रदेश सांसद र जनप्रतिनिधिलाई गृह प्रशासनका कर्मचारीले …

Read More »