Home / राजनीति (page 20)

राजनीति

एमालेको भेलामा ढुङ्गामुढा गरिएकामा आपत्ति

काठमाडौँ । नेकपा एमालेले धनुषाको जनकपुरमा आफ्नो जनसंगठनको भेला भइरहेका बेला केही उच्छृङ्खल व्यक्तिले ढुङ्गामुढासहित अभद्र व्यवहार प्रदर्शन गरेको भन्दै आपत्ति जनाएको छ । जनसंगठनको प्रदेश नं २ स्तरीय भेला चलिरहेका बेला पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित सचिव गोकर्ण विष्टलगायत सहभागी कार्यक्रममा अशान्ति मच्चाइनु निर्वाचन सम्पन्न हुन नदिने षड्यन्त्रको भएको …

Read More »

दुई नम्बर प्रदेशमा पहिलो पार्टी बन्ने प्रचण्डको लक्ष्य

लहान । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेश्रो चरणअन्तर्गत दुई नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेका छन् । सप्तरीको खडक नगरपालिकास्थित विसनपुरमा आयोजित अगुवा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उनले अन्य प्रदेशमा आफ्नो पार्टी तेस्रो स्थानमा खुम्चिए पनि दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा …

Read More »

प्रधानमन्त्री देउवाको स्पष्ट भनाइ, आठ वटा सम्झौता भए भारत भ्रमण सफल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतको सम्बन्धलाई थप फराकिलो र सुदृढ बनाउन आफ्नो भारत भ्रमण सफल भएको बताएका छन् । व्यवस्थापिका–संसद्को बैठकमा आफ्नो राजकीय भारत भ्रमणका बारेमा जानकारी गराउँदै उनले सीमा क्षेत्रमा हुने बाढी तथा डुबानको समस्या समाधानका लागि आफूले आफ्ना समकक्षीसँग प्रष्टरुपमा विषयवस्तु राखेको र समाधान हुने …

Read More »

गगन थापाको स्पष्ट कुरो, भन्छन् –भ्रष्टाचारीले उम्मेदवार बन्न पाउँदैनन्

चितवन । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले भ्रष्टाचारीलाई उम्मेदवार बन्न दिने गरी विधेयक संशोधन हुन नदिने बताएका छन् । चितवनमा आयोजित गौरीदेवी प्रधानको ८३औँ जन्मोत्सवका अवसरमा ज्येष्ठ अभिनन्दन तथा गौरीदेवी प्रधानको व्यक्तित्व र संस्कृति ग्रन्थको विमोचन कार्यक्रममा बोल्दै उनले अदालतले तोकेको समय भुक्तान गरिसकेका भ्रष्टाचारीले उम्मेदवार बन्न पाउनुपर्छ भन्ने पार्टीको …

Read More »

संचारमन्त्रीको चाहना ‘निर्वाचनपछि संविधान संशोधन’

बाह्रबिसे । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संविधान संशोधन जस्ता राजनीतीक विषय हाल थाती राखेर निर्वाचन सफल बनाई देशलाई समाधान दिनुपर्ने बताएका छन् । सिन्धुपाल्चोकको बाह्रबिसेमा नेपाली काँग्रेसको क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ ले आयोजना गरेको अन्तरक्रियामा काँग्रेस नेता बस्नेतले संविधानमा भएको असन्तुष्टिलाई सम्बोधन गरी अघि बढ्नाको बिकल्प नभएको बताए …

Read More »

प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि ९५ दल दर्ता

काठमाडौँ । आगामी मंसिरमा १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि विभिन्न ९५ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । आयोगले तोकेको समयसीमा आइतबार साँझ ६ बजेसम्म ९५ वटा राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए …

Read More »

राप्रपाबाट कीर्ते दस्तखतको छानबिन गर्न माग गर्दै निवेदन दर्ता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आफ्नो दल विभाजनका क्रममा प्रयोग गरिएका केही कीर्ते दस्तखतको छानबिनको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको छ । पार्टीका नेता सुशीलकुमार श्रेष्ठको नेतृत्वमा केन्द्रीय सदस्यहरु दिल विकास राजभण्डारी, सविनासिंह शाह र निरञ्जन थापासहित अदालत गएको प्रतिनिधिमण्डलले कीर्ते हस्ताक्षरलाई आधार बनाएर दल विभाजन …

Read More »

प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल– प्रचण्ड

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको देखिएको बताएका छन् । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले प्रधानमन्त्री देउवाको भ्रमणका क्रममा भारतले नेपालमा स्थानीय तहको चुनाव सम्पन्न भई प्रदेश र केन्द्रको चुनाव गराउन शुरु भएको प्रक्रियालाई समर्थन गर्नु सकारात्मक भएको टिप्पणी गरे …

Read More »

प्रधानमन्त्री देउवाको भारतीय नेताहरुसंग छलफल

नयाँ दिल्ली । मित्रराष्ट्र भारतको औपचारिक राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रपति भवनमा भारतका प्रमुख राजनीतिक दलका विशिष्ट नेताहरुले भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री देउवासँग भारतीय जनता पार्टीका महामन्त्री राम माधव र सुब्रमण्यम स्वामी, जनता दल युनाइटेडका नेताद्वय केसी त्यागी र शरद यादव, भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)का नेता सीताराम …

Read More »

राजपाको निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन

काठमाडौँ । राष्ट्रिय जनता पार्टी राजपाले स्थानीय निर्वाचनका लागि छ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । असोज २ गते हुने निर्वाचनका लागि गठित समितिमा जितेन्द्र सोनल, मनिष सुमन, केशव झा, हरेन्द्र यादव, सिपी सिंह र कौशलेन्द्र मिश्र रहेका छन् । समितिलाई पाँच दिनभित्र घोषणापत्रको मस्यौदा पेश गर्ने …

Read More »