Home / राजनीति (page 3)

राजनीति

प्रधानमन्त्री ओली चीनमा

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार चीन गएका छन् । ६ दिने औपचारिक भ्रमणका लागि चीन भ्रमणका रहेका प्रधानमन्त्री ओलीले बुधबार चीनका राष्ट्रपति सी जिङपिङसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । चीनको ग्रेट हल अफ द पिपलमा राष्ट्रपति सिसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । त्यसअघि प्रधानमन्त्री ओलीले नेपाली दूतावासमा …

Read More »

प्रधानमन्त्री ओलीलाई बाबुरामले चीन जानुअघि बुझाए १० बुँदे सझाव

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही असार ५ गतेदेखि गर्न लागेको चीन भ्रमणका क्रममा थप नाका खोल्नका लागि पहल गर्न नयाँ शक्ति पार्टीले आग्रह गरेको छ । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले कैलाश जाने गोरखाको झालाङ र राईलगायत ओलाङचुङ्गोला, किमाथांका, लामाबगर, लार्के, मनाङ, मुगु, हिल्सालगायतका नाका पूर्व …

Read More »

नेकपाको स्थायी कमिटी बैठकमा ओलीको चीन भ्रमणबारे छलफल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको शनिबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबारे जानकारी गराइएको छ । बैठकमा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो भ्रमण फलदायी र ऐतिहासिक हुने अपेक्षासहित जानकारी गराए । प्रधानमन्त्री ओली यही असार ५ गते छिमेकी चीनको भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री …

Read More »

गृहमन्त्रीले भने –भ्रष्टाचार, तस्करी, अपराध अन्त्यका लागि कदम

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचार, तस्करी, अपराध र एकाधिकारको अन्त्यका लागि मन्त्रालयले ठोस कदम चालिसकेको बताएका छन् । शुक्रबार मगर समुदायको पवित्र चाड भूमे (भूमिया) का उपलक्ष्यमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले जनताको रगत पसिनाबाट जम्मा भएको राजश्वको सदुपयोगका लागि सरकार प्रतिबद्ध रहेको बताए । सोही अवसरमा ऊर्जा, जलस्रोत तथा …

Read More »

रासस अध्यक्षमा श्यामल र एनटीभीमा विष्ट, पूर्व मुख्य सचिवको विजोग

काठमाडौँ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्षमा हरिहर अधिकारी (श्यामल)लाई नियुक्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको बैठकले नेपाल टेलिभिजनका कार्यकारी अध्यक्षमा भने डा महेन्द्र विष्टलाई नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । बैठकले एशियाली विकास बैंक (एडिबी)का वैकल्पिक निर्देशकबाट …

Read More »

प्रदेश ४ को नीति तथा कार्यक्रम पारित

पोखरा । प्रदेश नं ४ को मंगलबार बसेको बैठकले प्रदेश सरकारको २०७५–०७६ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ । प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रमलाई पारित गरियोस् भन्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राख्नु भएको उक्त प्रस्तावलाई बहुमतले पारित गरेको हो । यसअघि नीति तथा कार्यक्रम माथिको छलफलमा प्रदेशसभा सदस्य मायानाथ …

Read More »

नेविसंघको महाधिवेशन साउन २३ देखि काठमाडौंमा

काठमाडौँ । नेपाल विद्यार्थी संघको १२ औँ महाधिवेशन साउन २३ देखि २७ गतेसम्म काठमाडौँमा हुने भएको छ । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्थाका रुपमा रहेको नेविसंघमा निर्वाचन हुने वा नहुने भन्ने अन्योल बढिरहेका बेला महाधिवेशन तोकिएकै समयमा गर्न लागिएको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए । बिहीबार नेपाल ल क्याम्पसमा …

Read More »

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण गरी बनाइएको नयाँ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा बुधबार दर्ता भएको छ । आयोगका कानून अधिकृत अरुणकुमार झाका अनुसार आयोगको बुधबार बसेको बैठकले दुई पार्टीबीचको एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्णय गरेको हो । दुवै पार्टीको …

Read More »

प्रधानमन्त्री ओली संविधान संशोधन गर्न तयार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका मुद्दालाई अगाडि बढाउन सरकारले संविधान संशोधनदेखि लिएर पूरक बजेटसम्म ल्याउने बताएका छन् । प्रधानमन्त्रीको अध्यक्षतामा सोमबार साँझ राष्ट्रिय योजना आयोगमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले “समृद्ध नेपाल र सुखी नेपाली” सरकारको मूल लक्ष्य भएकाले त्यो लक्ष्य …

Read More »

प्रचण्ड भन्छन् –जनआकांक्षा पूरा गर्न पार्टी एकता

पोखरा । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको समृद्धि र विकासको आकांक्षा पूरा गर्न पार्टी एकता भएको बताएका छन् । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको आइतबार कास्कीको घान्द्रुकमा आयोजित समापन समारोहमा उनले राजनीतिक क्रान्तिमा सात दशक बितेको बताउँदै अबको समय विकास र समृद्धिका लागि भएको उल्लेख गरे । …

Read More »