Home / राजनीति (page 30)

राजनीति

१२२ वटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक

काठमाडौँ । असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये हालसम्म १२२ स्थानीय तहको मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरणअनुसार, स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेस ३६, नेकपा एमाले १६, …

Read More »

राजनीतिलाई फोहोरी खेल बनाउन खोजियो – प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिलाई फोहोरी खेल बनाउन खोजिएको बताएका छन् । अखिल नेपाल खेलकुद महासंघले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रचण्डले खेलको आफ्नै नियम छ, यसको आफ्नै संस्कार र मान्यता छ, यसले खेलाडी र व्यक्तिगत जीवनलाई मात्रै होइन, देशलाई नै स्वस्थ र …

Read More »

निर्वाचित भएको खुशीले हृदयाघात हुँदा मृत्यु

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं २ बाट निर्वाचित एक सदस्यको जितको खुशीका कारण निधन भएको छ । दलित महिला सदस्य ४५ वर्षीया जसोदेवी खत्वेणीको हृदयाघातका कारण बिहीबार मृत्यु भएको हो । राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट दलित महिला सदस्यमा उनी बुधबार निर्वाचित भएकी थिइन् । जितको खबरसँगै …

Read More »

प्रधानमन्त्री देउवाको सम्मानमा अमेरिकामा रात्रिभोज

न्यूयोर्क । प्रधानमन्त्री शेरबहादुर देउवा उनको सम्मानमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईले बुधबार आयोजना गरेको रात्रिभोजमा सहभागी भएका छन् । प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिने क्रममा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार बिहान यहाँ पुगेका हुन् । रात्रिभोजमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री …

Read More »

प्रदेश नं २ मा पहिलो बाजी राजपाले मार्यो

जनकपुरधाम । प्रदेश नं २ को स्थानीय तहको निर्वाचनमा पहिलो बाजी राष्ट्रिय जनता पार्टी राजपा नेपालले मारेको छ । राजपाले धनुषा जिल्लाको हंसपुर नगरपालिकामा जित हासिल गरेर खाता खोलेको हो । नगर प्रमुखका उम्मेदवार रामज्ञान मण्डल ३ हजार ३२० मत र नगर उपप्रमुखका उम्मेदवार रेणु झा ३ हजार २७६ मतसहित …

Read More »

प्रधानमन्त्री देउवा अमेरिकामा, जिम्मेवारी गच्छदारलाई

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएकी छिन् । प्रधानमन्त्री शेरबाहदुर देउवा संयुक्त राष्ट्र सङ्घको ७२औँ महासभामा भाग लिन एवं मित्रराष्ट्र ओमानको औपचारिक भ्रमण गर्ने सिलसिलामा मंगलबार संयुक्त राज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा स्थानीय विकास मन्त्री …

Read More »

संविधान दिवसमा औपचारिकता मात्र

काठमाडौँ । नेपालको संविधान घोषणा भएको तेस्रो वार्षिक दिवसका उपलक्ष्यमा नेपाली सैनिक मञ्चमा संविधान दिवस–२०७४ समारोह आयोजना गरिएको छ । सो अवसरमा नेपाली सेनाका दुई हेलिकप्टरबाट ‘संविधान दिवस–२०७४’ लेखिएको ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिनाका साथै रङ्गीबिरङ्गी बेलुन उडाइएको थियो । मुलुकमा शान्तिको कामना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, …

Read More »

मतदानको भोकः आमाको अन्तिम संस्कार रोकेर लाइनमा

गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–६ मा एक परिवारले सोमबार स्थानीय तहको निर्वाचनमा भोट हाल्नका लागि आमाको अन्तिम संस्कार पनि रोकेको छ । जलेश्वर–६ बस्ने नरेश महरा र उनका १२ जनाको परिवारले भोट हाल्नकै लागि सोमबार उनकी आमाको अन्तिम संस्कार नगरेको स्थानीय गणेश साहले बताए । करिब २० वर्षपछि महापर्वकै …

Read More »

तेस्रो चरण निर्वाचनमा ७७ प्रतिशत मतदान

काठमाडौँ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते सोमबार भएको निर्वाचनमा ७७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) मा प्राप्त विवरणअनुसार सप्तरीमा ७६.४ प्रतिशत, सिरहामा ७७.४ प्रतिशत, धनुषामा ७३.७ प्रतिशत, …

Read More »

देउवा मन्त्रीमण्डल ५६ सदस्यीय, विष्ट र शर्मा राज्यमन्त्रीमा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तर्फबाट विराज विष्टलाई विज्ञान तथा प्रविधि र कमला शर्मालाई वन तथा भूसंरक्षण राज्यमन्त्रीको शपथ गराएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार आयोजित समारोहमा प्रधानमन्त्री देउवाले उनीहरुलाई सो पदको शपथ गराएका हुन् । यसअघि विष्टले संघीय मामिला तथा स्थानीय विकास …

Read More »