Home / राजनीति (page 46)

राजनीति

गृहमन्त्री निधिको राजीनामा, बहाना अनेक

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले आइतबारआफ्नो पदबाट राजिनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई संवोधन गर्दै दिइएको राजिनामापत्रमा आजकै मितिबाट राजीनामा दिएको उल्लेख छ । पत्रमा आफूले राजिनामा दिनुको कारण भने उनले उल्लेख गरेका छैनन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणी खनालले उपप्रधानमन्त्री निधिको राजिनामालाई प्रधानमन्त्रीले अस्वभाविक रुपमा लिएको …

Read More »

संसद बैठक २१ गतेमात्र बस्ने, सहमति खोज्न थालिएको तर्क

काठमाडौँ । नेपालको संविधानमा दोस्रो पटक संशोधन गर्न छलफलका लागि डाकिएको व्यवस्थापिका–संसद्को बैठक उक्त विषयमा प्रवेश नै नगरी तीन दिन पछि सारिएको छ । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न भन्दै बैठक वैशाख २१ गतेसम्म स्थगन गरिएको छ । निर्वाचन आयोगले यही वैशाख १९ …

Read More »

कामु प्रधानन्यायाधीशमा गोपालप्रसाद पराजुली

काठमाडौँ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश गोपालप्रसाद पराजुलीले कायममुकायम प्रधानन्यायाधीशका रुपमा पदबहाली गरेका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएपछि पराजुलीले वरिष्ठतम् न्यायाधीशको हैसियतले कायममुकायम प्रधानन्यायाधीशको रुपमा पदबहाली गरेका हुन् । पदबहाली गर्दै उनले न्यायालयप्रति यो दुःखद् घटना भएको र संविधान र कानुनले दिएको दायित्व आफूले पूरा …

Read More »

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

काठमाडौँ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद् सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता भएको छ । महाअभियोग प्रस्तावमा नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्मा मुख्य प्रस्तावक र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेत मुख्य समर्थक रहेका छन् । सो प्रस्ताव सत्ता साझेदार दुबै दलका २४९ सांसदको हस्ताक्षरसहित आइतबार दिउँसो ३ः३० बजे सचिवालयमा दर्ता …

Read More »

सत्तारुढ दलहरु र मधेसी मोर्चाको संयुक्त संशोधन प्रस्ताव दर्ता

काठमाडौँ । व्यवस्थापिका–संसदमा सरकारले गरेको संविधान संशोधन प्रस्तावमाथि सत्तारुढ दल र मधेसी मोर्चाका तर्फबाट संयुक्त संशोधन प्रस्ताव दर्ता भएको छ । सिंहदरबारस्थित नेपाली काँग्रेसको संसदीय दलको कार्यालयमा शनिबार राति अबेरसम्म सत्तारुढ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसी मोर्चाका नेताबीचको बैठकले संशोधनको विषय टुङ्गो लगाएपछि संशोधन प्रस्ताव …

Read More »

स्थानीय निकायको मतगणना र बजेट दुई चरणको निर्वाचनपछि

काठमाडौँ । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताको सर्वदलीय बैठकमा दुवै चरणको निर्वाचनपछि बजेट ल्याउने र मतगणना गर्ने विषयमा दल सकारात्मक देखिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा दुई चरणको निर्वाचन गर्दा बीचमा बजेट ल्याउन पनि नसकिने र एक चरणको निर्वाचन सकेर मतगणना गर्दा अर्को निर्वाचन प्रभावित हुने …

Read More »

डीआइजी सिलवाल प्रसंगः सरकारले सर्वोच्चमा लिखित जवाफ बुझायो

काठमाडौँ । प्रहरी नायब महानिरीक्षक डीआइजी नवराज सिलवालको स्रसंग अझै समाधान हुने छाँट देखिएको छैन । सर्वोच्च अदालतको आदेश अनुसार सरकारले सिलवालको कार्यसम्पादन मूल्याङ्कनको कागजपत्रसहित शुक्रबार लिखितपत्र पेस गरेको छ । अब यसबारे सर्वोच्चले यही वैशाख १९ गते पूर्ण इजलासमा सुनुवाइ गर्नेछ । सर्वोच्चले यसअघि सिलवालाई आइजीपी बनाउन सरकारलाई निर्देशन …

Read More »

संविधान संशोधन विधेयक प्रस्ताव संसदबाट स्वीकृत

काठमाडौँ । व्यवस्थापिका–संसद् बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । संसद्को बुधबार तेस्रोपटक बसेको बैठकमा संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस हुँदा सभामुख ओनसरी घर्तीले बहुमतले स्वीकृत भएको घोषणा गरेकी थिइन् । यसअघि संसद् बैठकमा कानुन, न्याय तथा …

Read More »

संसदमा संविधान संशोधनबारे छलफल सुरु

काठमाडौँ । लामो रोकावटपछि व्यवस्थापिका–संसद बैठक चालु गर्न एमालेले दिएको छ । मंगलबार बस्नुपर्ने बैठक एमालेको अवरोधले सुरु हुन सकेको थिएन । बुधबार बिहान ११ बजे बैठक बस्ने भनिए पनि सफल हुन सकेन । अन्ततः बुधबार साँझ बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मालिमामन्त्री अजयशङ्कर नायकले नेपालको संविधान (दोस्रो संशोधन) …

Read More »

अवरुद्ध संसद् खुलाउने जिम्मा शीर्ष नेताहरुलाई

काठमाडौँ । प्रमुख तीन दलसहित बसेको पाँच दलको बैठकमा अवरुद्ध व्यवस्थापिका–संसद् खुलाउने विषयमा शीर्ष नेताहरु बसेर निष्कर्षमा पुग्ने सहमति भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मंगलबार साँझ बसेको बैठकमा अवरुद्ध संसद् खुलाउने विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष …

Read More »