Home / प्रवासी खबर

प्रवासी खबर

राष्ट्रपति भण्डारी युएई जाँदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्स (युएई) जाने भएकी छिन् । उनी अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक २७ देखि ३० गतेसम्म युएईको औपचारिक भ्रमण गर्ने भएकी छिन् । यही कात्तिक २८ गते राष्ट्रपति भण्डारी …

Read More »

कतारमा एक नेपालीको दुर्घटनामा मृत्यु

राजविराज । वैदेशिक रोजगारीको लागि सप्तरीबाट कतार गएका एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ बस्ने २७ वर्षीय विमलेश मण्डल रहेको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिए । मण्डल छ महिना अगाडि रोजगारीको लागि कतार गएका थिए । उनको मंगलबार राति अज्ञात सवारी …

Read More »

खाडीका कामदारको हकहितमा लड्न राजदूतलाई प्रधानमन्त्री देउवाको निर्देशन

मस्कट । प्रधानमन्त्री शेरबहादुर देउवाले खाडी क्षेत्र र अफ्रिकाका नेपाली राजदूतलाई नेपाल र नेपाली आप्रवासी कामदारको हित र उनीहरूको संरक्षणका लागि काम गर्न निर्देशन दिएका छन् । ओमनको मस्कटमा मंगलबार आयोजित ‘केन्द्र एसिया, पश्चिम एसिया र अफ्रिका क्षेत्रका नेपाली राजदूतहरुको क्षेत्रीय सम्मेलन’ मा प्रधानमन्त्री देउवाले नेपाल र नेपाली आप्रवासी कामदारको …

Read More »

प्रवासमा सहयोग संकलन

युएई , पछिल्लो समय बढी पिडितका लागि सहयोग जुटाउने क्रम बढ्दो नै छ । यसका लागि नेपालीमा मात्र नभई प्रवाशी सहयोग पनि जुटिरहेका छ । प्रवाशी नेपालीले यस अवस्थामा देखाइएको सहयोगको सर्वत्र प्रसंसा भइरहेको छ । यसै क्रममा नेपाली जनसम्पर्क समिति युएईले बाढीपहिरो पीडितहरुको लागि आर्थिक संकलन अभियानमा नेपाली ४ …

Read More »

मलेसियामा आर्थिक कूटनीति प्रवद्र्धन गर्न ‘मिस्टिक नेपाल’ प्रदर्शनी

क्वालालम्पुर । मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेपाली दूतावासले आर्थिक कूटनीति प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेको छ । नेपालको व्यापार, पर्यटन र कला संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले बिहीबारदेखि शनिबारसम्म तीन दिने ‘मिस्टिक नेपाल’ प्रदर्शनी आयोजना गरिएको छ । नेपाल हस्तकला महासंघसँगको सहकार्यमा आयोजित उक्त प्रदर्शनीमा २५ वटा बिक्री कक्षमार्फत नेपाली उत्पादनको प्रवद्र्धन भएको …

Read More »

मलेसिया जाने कामदार अन्तको तुलनामा सबैभन्दा समस्यामा

काठमाडौँ । मलेसिया जाने कामदार सबैभन्दा बढी ठगी र समस्यामा पर्ने गरेको एक अध्ययनले देखाएको छ । मानवअधिकारका लागि जनमञ्च पिपुल फोरमले यहाँ सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा देशगत रुपमा मलेसियामा ५६, साउदी अरबमा २१, कतारमा १४, कुवेतमा आठ र अन्य देशमा एक प्रतिशतका दरले समस्या परेको उजुरी दिइएको थियोे । …

Read More »

‘फिल्म फेयर अवार्ड’ को तयारी तीव्र, ४० बढी कलाकार बेलायतको समारोहमा

अल्डरसट । आगामी जुलाई १ तारिखमा बेलायतमा हुने ‘बक्स अफिस फिल्म फेयर अवार्ड’ को तयारी अन्तिम चरणमा पुगेको छ । थर्ड आई नामक संस्थाले जुलाई १ तारिख साँझ अल्डरसटस्थित एम्पायर हलमा अवार्ड कार्यक्रम गर्दैछ । हलकोसमेत सिंगारबटार चल्दैछ । थर्ड आईका विकास देवकोटाका अनुसार ०७३ सालभर प्रदर्शन भएका करिब ९० …

Read More »

एनआरएन जापान महिला उपाध्यक्षमा सबिताको उम्मेदवारी, विजयी हुने विश्वास

टोकियो । सबिता श्रेष्ठ गैर आवासीय नेपाली संघ जापानको महिला उपाध्यक्ष बन्नेमा उत्साही भएकी छिन् । आगामी कार्यकालका लागि महिलातर्फको उपाध्यक्षमा अहिलेसम्म सबिताकोमात्र उम्मेदवारी परेपछि उनी उपाध्यक्ष बन्नेमा विश्वस्त भएकी हुन् । उनी भन्छिन्, ‘साथीहरुसंग सरसल्लाह गरेर उम्मेदवारी घोषणा गरेकी हुँ, साथीहरुले सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ ।’ केही आकांक्षी …

Read More »

फेसबुक नायक शाह एनआरएन अष्ट्रेलियाको अध्यक्षमा लड्दै

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) अष्ट्रेलियाको अध्यक्षमा स्वतन्त्र प्रताप शाहले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । यसअघि शाहले सन् २००९ देखि २०१५ सम्म तीन पटक लगातार तीन कार्यकाल एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् । शाहले अव बन्ने नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । …

Read More »

काबुल आक्रमणमा पाँच नेपाली घाइते

काबुल । अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहान भएको आतङ्कवादी आक्रमणमा परी पाँच नेपाली घाइते भएका छन् । इस्लामावादस्थित नेपाली दूतावासका अधिकारी घाइतेसँग निरन्तर सम्पर्कमा रहेका र उनीहरुको अवस्थाबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले उक्त दूतावासलाई निर्देशन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै सरकारले उक्त आक्रमणको निन्दा गदै अफगान सरकार र …

Read More »