Home / विश्व

विश्व

पाकिस्तानमा चुनावको तीन दिनअघि उम्मेदवारकै हत्या

इस्लामावाद । पाकिस्तानमा चुनावको तीन दिनअघि उम्मेदवारकै आइतबार हत्या भएको छ । मतदानको दिन नजिकिँदै गर्दा पाकिस्तानमा भएका हिंसाका घटनामा परी मृत्यु हुनेक्रममा आइतबार एक जना उम्मेदवारकै मृत्यु भएको हो । घटनामा परी कम्तीमा एक जना उम्मेदवारसहित दुई जनाको मृत्यु भएको र अरू केही घाइते भएको प्रहरी अधिकारीहरूले बताएका छन् …

Read More »

विषाक्त खाना खाँदा ७८ जना सिकिस्त

नयाँदिल्ली । भारतको आर्थिक राजधानी मानिने मुम्बइको एउटा जेलमा रहेका करिब ७८ जना महिला विषाक्त खानेकुराका कारण सिकिस्त बिरामी भएका छन् । सो खाना खाएपछि उनीहरुको स्वास्थ्य अवस्था नाजुक भएको र अस्पताल भर्ना गरिएको उक्त जेलका अधिकारीले जनाएका छन् । अस्पताल स्रोतले दिएको जानकारीअनुसार मुम्बइको बाइकुल्ला जेलमा रहेका ती महिलाहरुलाई …

Read More »

मोदीले भने –विपक्षीको असली चेहरा देखियो

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी दलको चेहरा देखिएको बताएका छन् । भारतको तल्लो सदन लोकसभामा बोल्ने क्रममा उनले विपक्षी काँग्रेस आईलाई नराम्रोसंग गाली गरेका हुन् । उनले विपक्षीको संसदमा हैसियत नभएको भन्दै किन अविश्वासको प्रस्ताव ल्याएको भने । सो बैठकमा भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कँग्रेसका अध्यक्ष …

Read More »

भारतीय पूर्व गृहमन्त्री चिदम्बरमलाई भ्रष्टाचार अभियोग

नयाँदिल्ली । भारतीय पूर्वअर्थमन्त्री पि चिदम्बरमलाई भ्रष्टाचारको अभियोग लागेको छ । प्रमुख प्रतिपक्षी दल काँग्रेस आईका शीर्ष नेतासमेत रहेका चिदम्बरमलाई अर्थमन्त्री भएका बेला राज्य शक्तिको दुरुपयोग गरेको र खरबौको आर्थिक घोटाला प्रकरणमा संलग्न भएको अभियोग बिहीबार लगाइएको हो । उनलाई लगाइएको आरोपप्रति उनी संलग्न रहेको काँग्रेस पार्टीले खेद व्यक्त गरेको …

Read More »

भारतको राज्यसभामा २२ भाषाका दोषासे

नयाँदिल्ली । भारतको माथिल्लो सदनका रूपमा रहेको राज्यसभामा २२ भाषाका दोभासेको व्यवस्था गरिएको छ । अहिले थप पाँच भाषाका दोभासेको व्यवस्था गरेर कूल २२ भाषाका दोभासेको व्यवस्था गरिएको राज्यसभाका अध्यक्ष एम भी नैडूले बुधबार घोषणा गरेका हुन् । माथिल्लो सदनमा यसअघि पनि १७ भाषाका दोभासेको व्यवस्था गरिएको अधिकारीहरूले जनाएका छन् …

Read More »

सभामा बम विस्फोट

ढाका । बङ्गलदेशको राजशाही शहरमा विपक्षको एक चुनावी सभामा मंगलबार बम विस्फोट भएको छ । पूर्व प्रधानमन्त्री खालिदा जिया नेतृत्वको बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) को चुनावी कार्यक्रम भइरहेको ठाउँमा बम विस्फोट गराइएको बताइएको छ । घटना भएको ठाउँ बङ्गलादेशको राजधानी ढाकाबाट करीब २५६ किलोमिटर टाढा रहेको छ । विस्फोटमा परी …

Read More »

ट्रम्प र पुटिनबीच वार्ता

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीचको शिखर वार्ता सकारात्मक रूपमा शुरु भएको छ । फिनल्याण्डको हेल्सिन्कीमा सोमबार शुरु भएको वार्ताले सकारात्मक संकेत गरेको बुझिएको छ । शिखर वार्ताका लागि दुवै नेता अहिले हेल्सिन्की आइपुगेका छन् भने संसार भरका सञ्चार माध्यमहरूले प्राथमिकताका साथ शिखर वार्ताको …

Read More »

आमसभामै आक्रमण

इस्लामावाद । पाकिस्तानमा यही जुलाई २५ मा हुन लागेको आमनिर्वाचनको प्रचारप्रसारका लागि आयोजना गरिएका विभिन्न राजनीतिक दलका कार्यक्रममा हिंसा पनि बढेको छ । इस्लामावादबाट प्राप्त समाचारअनुसार यस्तो हिंसाको क्रम आइतबार पनि जारी रहेको छ । आइतबार पनि राजधानी इस्लामावादकै एक सभामा बम आक्रमण भएको छ । शनिबारमात्र पनि यस्तै हिंसाका …

Read More »

थाइल्याण्डको गुफाबाट उद्धार गरिएका सबै बिहीबार घर फर्किने

बैंकक । गुफाबाट उद्धार गरेर अस्पतालमा भर्ना गरिएका थाइल्याण्डका सबै बालक र उनीहरुका प्रशिक्षक आउदो बिहीबार घर फर्किने भएका छन् । स्वास्थ्य उपचारपछि उनीहरुलाई अस्पतालबाट विदाई गरेर घर फर्काउन लागिएको अधिकारीले बताएका छन् । गुफामा फसेका १२ जना बालक र उनीहरुका एक जना फुटबल प्रशिक्षकलाई चार दिन अगाडि गुफाबाट उद्धार …

Read More »

पाकिस्तानमा २० को मृत्यु, ५० घाइते

इस्लामावाद । पाकिस्तानमा आगामी जुलाई २५ मा चुनाव हुँदै गर्दा चुनावी हिंसा बढ्दै गएका छन् । दिनप्रतिदिन हिंसाका घटनामा बृद्धि हुँदै गएका छन् । शुक्रबार भएका दुई छुट्टाछुट्टै घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । ५० भन्दा बढी घाइते भएका छन् । बलुचिस्तान प्रान्तमा भएको चुनावी र्यालीमा भएको …

Read More »