Home / भिडियो / ‘आयो ‘शत्रु गते’ को ट्रेलर

‘आयो ‘शत्रु गते’ को ट्रेलर

काठमाडौं । चलचित्र ‘शत्रु गते’ को कमेडी ट्रेलर सार्वजनिक भएको छ । चैत ९ गते रिलिज मिति तोकिएको शत्रु गतेको शुक्रवार दिउँसो राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा फिल्मका अधिकांश कलाकार समावेश छन् । प्रदीप भट्टराईको निर्देशन रहेको फिल्मको ट्रेलरमा कमेडीसंगै द्धन्द्ध मिसिएको छ । फिल्ममा अभिनेता पल शाहले पहाडिया युवक र अभिनेत्री आँचल शर्माले मधेसी युवतीको भूमिका निर्वाह गरेका छन् । पल र आँचलको विवाहमा बाधक बन्ने अरु पात्रहरुको वरिपरि फिल्म घुमेको छ । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भुषाल, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, दीपाश्री निरौला, दिपकराज गिरी, प्रियंका कार्की, सुष्मा कार्की, रमेश रञ्जन झा पनि रहेका छन् । लगायतका कलाकारको पनि प्रमुख भूमिका छ ।

प्रतिकृया दिनुहोस

Check Also

‘२०’ को कमाइ ५ सय करोड नाघ्यो

काठमाडौं । रजनिकान्त र अक्षय कुमारको फिल्म स्टारर फिल्म ‘२.०’ ले विश्वभरको कमाई ५ सय …