Home / विश्व / भारतका दुई मन्त्रीको राजीनामा स्वीकृत

भारतका दुई मन्त्रीको राजीनामा स्वीकृत

नयाँदिल्ली । भारतका दुई जना मन्त्रीले दिएको राजीनामा राष्ट्रपति रामनाथ कोविन्दले शुक्रबार स्वीकृत गरेका छन् । तेलुगु देशाम पार्टी टीडीपीबाट मन्त्री भएका नागरिक उड्ययन मन्त्री अशोक गजपति राजु तथा विज्ञान तथा प्रविधि सहायक मन्त्री वाइ एस चौधरीको राजीनामा स्वीकृत भएको हो । उनीहरूले गत बुधबार नै राष्ट्रपति समक्ष राजिनामा पेश गरेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । प्रदेशस्तरको पार्टी टीडीपी दक्षिणी राज्य आन्द्र प्रदेशको मुख्य सत्तारुढ दल हो । टीडीपी र भारतीय जनता पार्टी विजेपीले आन्द्र प्रदेशको सरकार र केन्द्रीय सरकारमा गठबन्धन गरेका छन् । सन् २०१४ मा आन्द्र प्रदेशबाट छुट्टिएर नयाँ प्रदेशको रुपमा तेलङगना राज्य बनेपछि आन्द्र प्रदेशलाई विषेश राज्यको मान्यता दिनु पर्ने माग राख्दै विजेपी र टीडीपीका बीचमा द्वन्द्व बढ्दै गएपछि दुई मन्त्रीले राजीनामा दिएका हुन् । डीडीपीका अध्यक्ष तथा आन्द्र प्रदेशका मुख्य मन्त्री एन चन्द्रबाबु नाइडुले आफ्नो प्रदेशलाई विषेश प्रदेश बनाउन पटक पटक प्रधानमन्त्री नरेन्द्र मोदीसँग माग गरेपनि सुनुवाइ नभएको बताए । लामो समयदेखिको आफुहरूको मागलाई प्रधानमन्त्री मोदीले बेवास्ता गरेको उनको आरोप छ ।

प्रतिकृया दिनुहोस

Check Also

इन्डोनेसिया भूकम्पमा मृत्यु हुने दुई हजार, पाँच हजार बेपत्ता

काठमाडौं । इन्डोनेसियामा केही दिन अगाडि गएको शक्तिशाली भूकम्प र सुनामीका कारण मृत्यु हुनेहरुको सङ्ख्या …