Home / राजनीति / कृष्णबहादुर महरा बने सभामुख

कृष्णबहादुर महरा बने सभामुख

काठमाडौँ । माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुख भएका छन् । उनी चार दशकदेखि निरन्तर वामपन्थी राजनीतिमा सक्रिय छन् । महराविरुद्ध कुनै पनि राजनीतिक दलले उम्मेदवारी अगाडि नसारेपछि उनी निर्विरोध सभामुख बनेका हुन् । राजनीतिक दलबीच समन्वयकारी भूमिका निर्वाह गर्न सफल महरालाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको सभामुखको शालीन व्यक्तित्व र सन्तुलित व्यवहारले संसद् र संसदीय पद्धतिको गरिमा अभिवृद्धि हुने विश्वास गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा सुमधुर सम्बन्ध राख्न सफल महरालाई राष्ट्रिय संकटमा गाँठो फुकाउन पर्दा धेरैले सम्झने गरेका छन् । उनी शिक्षकदेखि सभामुख भएका हुन् । उनी यसअघि सात पटक मन्त्री भएका थिए । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धलाई शान्तिपूर्ण तवरले व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका महरा २०५८ सालमा तत्कालीन सरकारसँगको पहिलो वार्ता टोली संयोजक र २०६० मा तत्कालीन सरकारसँगको दोस्रो वार्ता टोली सदस्य तथा प्रवक्ताको जिम्मेवारीमा थिए । २०६३ मा तत्कालीन सरकारसँग वार्ताका लागि गठित तेस्रो वार्ता टोलीको संयोजक हुँदा महराले पार्टीलाई शान्तिको बाटामा ल्याई राष्ट्रलाई महत्वपूर्ण समाधान दिन महत्वपूर्ण योगदान गरेका थिए ।

प्रतिकृया दिनुहोस

Check Also

रासस अध्यक्षमा श्यामल र एनटीभीमा विष्ट, पूर्व मुख्य सचिवको विजोग

काठमाडौँ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्षमा हरिहर अधिकारी (श्यामल)लाई नियुक्त …