Home / मनोरञ्जन / ‘ब्ल्याक’ को चङ्गाजस्तै सार्वजनिक

‘ब्ल्याक’ को चङ्गाजस्तै सार्वजनिक

काठमाडौं । चलचित्र, ‘ब्ल्याक’ को पहिलो गीत सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच ‘चङ्गा जस्तै’ बोलको गीत सार्वजनिक गरियो । भिडियोमा अभिनेता आकाश श्रेष्ठ फिचर छन् । चलचित्रमा आकाश र अभिनेत्री आँचल शर्मा रहेका छन् । गीतमा प्रतिक पौडेलको स्वर, शब्द र संगीत छ । गीत मुख्यतः युवा पुस्ता लक्षित छ । चलचित्र लभस्टोरी जेनरको हो । चलचित्रलाई प्रदिप श्रेष्ठले निर्देशन गरेका छन् । निर्मात्री आश्मा पाण्डेले लगानीको प्रतिफल राम्रो पाउने आशा व्यक्त गरेकी छिन् । आँचल र आकाशसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल श्रेत्री, धिरेन शाक्य, प्रिया रिजाल फिल्ममा प्रमुख भूमिकामा छन् । चलचित्र २०७५ को जेठ ११ गते रिलिज हुने तय भएको छ ।

 

प्रतिकृया दिनुहोस

Check Also

सलमानसंग झुमे शाहरुख (भिडियोसहित)

काठमाडौं । फिल्म ‘जिरो’ को नयाँ गीत रिलिज भएको छ । उक्त बलिउड फिल्ममा शाहरुख …