Home / भिडियो / सान्नानीलाई भेट्न आउँदा के गरे बुद्धि र विक्रान्तले वर्षालाई ? (भिडियोसहित)

सान्नानीलाई भेट्न आउँदा के गरे बुद्धि र विक्रान्तले वर्षालाई ? (भिडियोसहित)

काठमाडौं । चलचित्र ‘भैरे’ को पहिलो अफिसियल गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा ‘सान्नानीलाई भेट्न आउँदा’ बोलको गीत सार्वजनिक गरियो । अभिनेता दयाहाङ राई स्टारर फिल्मको गीतको भिडियोमा अभिनेता द्वय विक्रान्त बस्नेत, बुद्धि तामाङ र अभिनेत्री वर्षा सिवाकोटी फिचर छन् । बसन्त सापकोटाको शब्द र संगीत रहेको गीतमा यम बराल, बसन्त सापकोटा र मेलिना राईले आवाज भरेका छन् । एभरेष्ट सूर्य बोहराको लेखन र निर्देशन रहेको फिल्मको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । सूर्य थोक्करको द्वन्द्व रहेको फिल्ममा सुरक्षा पन्त, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतको पनि अभिनय छ । फिल्मको प्रदर्शन मिति २०७५ को जेठ १८ गतेलाई तय गरिएको छ ।

प्रतिकृया दिनुहोस

Check Also

तिम्रो हाम्रो मायामा बियर परेछ…….

काठमाडौं । चलचित्र ‘वीराङ्गना’ को एउटा फास्ट गीत सार्वजनिक भएको छ । असार २९ गतेलाई …