Home / राजनीति / प्रधानमन्त्री ओलीलाई विश्वासको मत, २०८ सांसदको मत

प्रधानमन्त्री ओलीलाई विश्वासको मत, २०८ सांसदको मत

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा २०८ सांसदको विश्वासको मत प्राप्त गरेका छन् । विपक्षमा ६० मत परेको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बसेको दोस्रो बैठकमा नेपालको संविधानको धारा ७६ को उपधारा ९४० बमोजिम विश्वासको मत लिन प्रस्ताव प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये बैठकमा जम्मा २६८ सांसद उपस्थित थिए । नेपाली काँग्रेसका सांसदले प्रधानमन्त्रीको विपक्षमा मतदान गरेका थिए भने नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल निर्वाचन प्रकृयामा सहभागी भएनन् । नयाँ शक्ति पार्टी नेपालका सांसद डा बाबुराम भट्टराई नेपाल बाहिर छन् । संविधानअनुसार प्रतिनिधिसभामा १६५ प्रत्यक्ष निर्वाचित र ११० समानुपातिक गरी कुल २७५ सांसद छन् । गत मंसिर १० र २१ गते दुई चरणमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेले १२१, नेपाली काँग्रेसले ६३, माओवादी केन्द्रले ५३, राजपा नेपालले १७, संघीय समाजवादी फोरमले १६ तथा नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक÷एक र स्वतन्त्रले एक स्थानमा विजयी हासिल गरेका थिए ।

प्रतिकृया दिनुहोस

Check Also

प्रतिनिधिसभाअन्तर्गतका निर्वाचन कार्यक्रम शुक्रबार

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ …