Home / भिडियो / ‘यस्तो आयो तिमीसँग’ को ट्रेलर

‘यस्तो आयो तिमीसँग’ को ट्रेलर

काठमाडौं । चलचित्र ‘तिमीसंग’ को ट्रेलर सार्वजनिक भएको छ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्मको ट्रेलर युट्युबबाट सार्वजनिक गरिएको हो । २ गीत सार्वजनिक भएसँगै एकाएक चर्चामा आएको यो फिल्मको ट्रेलर धेरैका लागि प्रतिक्षामा थियो । ट्रेलरमा अभिनेत्री साम्राज्ञीसँग अभिनेताद्वय आकाश श्रेष्ठ र नाजिर हुसेनको प्रेमप्रसंग देखाइएको छ । प्रेमकथामा आधारित एउटा पूर्ण फिल्म हेर्न चाहने दर्शकका लागि निर्देशक शिशिर राणाले गतिलो प्याकेज लिएर आएका हुन् । राणा यो फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछन् । फिल्मको कथा पनि निर्देशक तथा निर्माता शिशिरकै हो । फिल्ममा रोशन भट्टराईको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र सुशिल क्षेत्रीको छायांकन छ । शिशिर राणा, साकार ओझा, समुन्द्र उप्रेती र सुशिल क्षेत्रीको पटकथा फिल्ममा छ । चलचित्र चैत २३ गतेबाट देशैभर प्रदर्शनमा आउँदैछ ।

प्रतिकृया दिनुहोस

Check Also

तिम्रो हाम्रो मायामा बियर परेछ…….

काठमाडौं । चलचित्र ‘वीराङ्गना’ को एउटा फास्ट गीत सार्वजनिक भएको छ । असार २९ गतेलाई …