Home / देश / युएस बंगलाको विमान काठमाडौंमा दुर्घटनाग्रस्त, ४९ जनाको मृत्यु

युएस बंगलाको विमान काठमाडौंमा दुर्घटनाग्रस्त, ४९ जनाको मृत्यु

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको एक विमानमा सोमबार दिउँसो १४ः२० बजे दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार बंगलादेशबाट काठमाडौँ आएको उक्त विमानमा लागेको आगोपछि जलेर उनीहरुको मृत्यु भएको हो । धावन मार्गमा अवतरण हुनुभन्दा पहिल्यै जहाजमा आगो लागेको प्रत्यक्षदर्शीले बताएका छन् । विमानमा चालक दलका चारसहित ७१ यात्रु थिए । उक्त दुर्घटनामा घाइते भएका २२ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विमानस्थल प्रशासनका अनुसार विमानमा ३३ नेपालीसहित बंगलादेशका ३२, माल्दिभ्सका एक र चीनको एक तथा चालक दलका तीन सदस्य थिए ।

प्रतिकृया दिनुहोस

Check Also

मन्त्रीले सचिवलाई कुटेपछि

धनुषा । प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवमाथि उद्योग, पर्यटन, वन …