Home / देश / नगरपालिकाका प्रमुखमाथि गोली प्रहार

नगरपालिकाका प्रमुखमाथि गोली प्रहार

धनगढी । अज्ञात समूहको आक्रमणबाट कैलाली, घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी घाइते भएका छन् । नगरपालिकाको सुख्खड बजारस्थित उनकै निवासमा गएको अज्ञात समूहले सोमबार साँझ उहाँमाथि खुकुरी प्रहार गर्नाका साथै गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए । प्रमुख चौधरीलाई उपचारका लागि घोडाघोडी अस्पतालमा लगिए पनि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रजिअ गोविन्दप्रसाद रिजालले जानकारी दिए । उनको खुट्टा र कम्मरमा गोली लागेको छ । त्यस्तै टाउकामा खुकुरी प्रहार भएको छ । नगरपालिका, देउकलिया गाउँमा गत बिहीबार राधा चौधरीमाथि बोक्सीको आरोपमा कुटपिट गरिएको घटनालाई गाउँमै मिलाउन खोजी प्रहरी कार्यालयमा उजुरी गर्न नदिएको आरोप प्रमुख चौधरीलाई लागेको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

Check Also

गोली प्रहारबाट गम्भीर घाइते

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मा बुधबार बेलुका एक व्यक्तिमाथि गोली प्रहार …