Home / खेल / विश्वकप छनोटमा नेपालले हरायो हङकङलाई

विश्वकप छनोटमा नेपालले हरायो हङकङलाई

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई पाँच विकेटले पराजित गरेको छ । जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लब मैदानमा १५४ रनको लक्ष्य पच्छाएको नेपालले ४०.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । दुई अंक जोडेको अफगानिस्तान रन रेटका आधारमा समूह ‘बी’ बाट तेस्रो भएर सुपर सिक्स पुग्न सफल भएको छ भने समान दुई अंक जोडेका नेपाल र हङकङ रनरेटका आधारमा पछाडि परेका हुन् । सोही समुहमा रहेका जिम्बावे र स्कटल्याण्ड्स सुपर सिक्समा यसअघि नै पुगिसकेका छन् । नेपाल चौथो तथा हङकङ पाँचौ भएको छ । नेपालको जितमा रोहितकुमार पौडेलले सर्वाधिक ४८ रनको योगदान दिए भने सोमपाल कामीले ३७, अनिलकुमार शाहले २६, ज्ञानेन्द्र मल्ल र दीपेन्द्र सिंह ऐरीले १२–१२ तथा कप्तान पारस खड्काले ११ रन जोडे । त्सअघि टस जितेर ब्याटिङ गरेको हङकङले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १५३ रनको योगफल बनायो । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले तीन, करण केसी र वसन्त रेग्मीले दुई-दुई तथा सोमपाल कामी र ललितनारायण राजवंशीले एक–एक विकेट लिए । अघिल्ला तीन खेलमा नेपालले पराजय भोगेको थियो । नेपाल पहिलो खेलमा जिम्बावेसँग ११६ रनले, दोस्रो खेलमा स्कटल्याण्डसँग चार विकेटले तथा तेस्रो खेलमा अफगानिस्तानसँग ६ विकेटले पराजित भएको थियो ।

 

प्रतिकृया दिनुहोस

Check Also

एशिया कप त्रिकेट खेल्ने नेपालको आशा कायमै, सिंगापुरमाथि जित

काठमाडौँ । एशिया कप क्रिकेटमा छनोट हुने नेपालको आशा अझै जिवितै छ । छनोट अन्तर्गत …