Home / मनोरञ्जन / अशिष्माको कसियो रियललाइफमा लगनगाँठो

अशिष्माको कसियो रियललाइफमा लगनगाँठो

काठमाडौं । नेपाली अभिनेत्री अशिष्मा नकर्मी विवाह बन्धनमा बाँधिएकी छिन् । उनले बानेश्वरका नविन प्रधानसँग सोमवार लगनगाँठो कसेकी हुन् । एक हप्ताको चिनजानमा यी दुईले विवाह गर्ने निधो गरेका थिए । पेशाले चार्टर्ड अकाउन्टेन्ट रहेका नविन अमेरिकामा बस्दै आएका छन् । उनी अशिष्मामा भाइका साथी हुन् । सोमवार अशिष्मा र नविनको विवाह कालिमाटी स्थित एक बैंकेटमा नेवारी परम्परा अनुसार भएको छ । नेवारी फिल्म र म्युजिक भिडियोमा राम्रो पहिचान बनाएकी अशिष्मा सन् २००३ बाट नेपाली फिल्म क्षेत्रमा सक्रिय छिन् । फिल्म ‘अन्तराल’ बाट डेब्यु गरेकी उनले ‘अर्धकट्टी’ ‘तोरी लाउरे’ ‘बाटो मुनिको फूल २’ लगायत चलचित्र खेलेकी थिइन् ।

प्रतिकृया दिनुहोस

Check Also

आयो ‘इन्टु मिन्टु लण्डनमा’ को शिर्ष गीत

काठमाडौं । फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को शिर्ष गीत सार्वजनिक भएको छ । रेनाशा वान्तवा …