Home / विश्व / बस दुर्घटनामा परी ३८ जनाको मृत्यु, १० घाइते

बस दुर्घटनामा परी ३८ जनाको मृत्यु, १० घाइते

अदिस अबाबा । इथियोपियाको उत्तरी क्षेत्रमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा ३८ जनाको मृत्यु भएको छ । राज्य सञ्चालित फाना ब्रोडकास्ट कर्पोरेटले स्थानीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै भनेको छ, “सोमबार इथियोपियाको लेगाम्बो जिल्लामा भएको दुर्घटनामा १० महिलासहित कम्तिमा ३८ जनाको मृत्यु भएको छ ।” प्रहरीका अनुसार घटनामा १० यात्रु घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ ।

प्रतिकृया दिनुहोस

Check Also

आत्मघाती हमलामा २५ मारिए, ३६ घाइते

काबुल । अफगानिस्तानको काबुल नजिकको शिते समुदाय बसोबास गर्ने दस्त–ए–बार्चीमा बुधबार अपराह्न शैक्षिक संस्थामा गराइएको …