Home / राजनीति / विद्यादेवी भण्डारी दोस्रो पटक राष्ट्रपति

विद्यादेवी भण्डारी दोस्रो पटक राष्ट्रपति

काठमाडौँ । संघीय गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपतिका रुपमा दोस्रो कार्यकालका लागि पनि निर्वाचित भई वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः शीतल निवासको प्रवेशको ढोका खुलेको छ । लोकतान्त्रिक र वाम आन्दोलनका क्रममा सशक्त भूमिका निर्वाह गर्दै मुलुकको राष्ट्रप्रमुख पदमा पुगी एक कार्यकाल सफलतापूर्वक पूरा गरेकी भण्डारीलाई मंगलबार सम्पन्न राष्ट्रपति निर्वाचनले भारी मतका साथ निर्वाचित गरेको हो । अघिल्लो पटक र यसपटक पनि नेकपा एमालेको समर्थनमा उम्मेदवार बनेकी राष्ट्रपति भण्डारीलाई यसपटक वाम गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका साथै संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले पनि मत दिएका छन् । एमालेका तत्कालीन उपाध्यक्ष र संविधानसभाका सदस्य रही संविधानसभाबाट संविधान लेखनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण उनलाई अघिल्लो कार्यकालका लागि सो पार्टीले राष्ट्रपतिको उम्मेदवार बनाएको थियो । नेपालको संविधान जारी भएपछिको राष्ट्रपति निर्वाचनमा उनी व्यवस्थापिका संसदबाट २०७२ कात्तिक ११ मा सो पदमा निर्वाचित भएकी थिइन् । भण्डारीले प्रतिस्पर्धी कुमारी लक्ष्मी राईलाई २७ हजार बढी मत अन्तरले हराएकी हुन् ।

प्रतिकृया दिनुहोस

Check Also

काँग्रेस गुटबन्दीले कमजोर

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टी एकढिक्का भए काँग्रेसलाई कसैले पनि पराजित …