Home / आर्थिक / एक सय ४५ तोला सुनसहित ६ जना पक्राउ

एक सय ४५ तोला सुनसहित ६ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १४५ तोला सुनसहित ६ जनालाई पक्राउ गरेको छ । दुबईबाट ब्यूटी पार्लरमा कपाल सिधा पार्न प्रयोग गर्ने हेयर इलेक्ट्रिक आइरनमा लुकाई छिपाई ल्याएको अवस्थामा ब्यूरोको टोलीले सोमबार बेलुका सिनामंगलबाट उनीहरुलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बाग्लुङका शशीकला भण्डारी गुरुङ, भक्तपुरका सरोज केसी, झापाका होमबहादुर बुढाथोकी, काभ्रेपलाञ्चोकका जीवन शाक्य, भक्तपुरका बिजु बज्राचार्य र भारतका योगेश मगर रहेका छन् । शशीकला भण्डारीको श्रीमान्ले दुबईबाट सुन पठाइदिने र नेपालमा भण्डारी तथा सरोज केसीले कोटेश्वरमा रहेको बज्राचार्य गहना पसल र शाक्य गहना पसलमा बिक्री–वितरण गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । बुढाथोकीले चलाएको बा१६च ३५१० नंको कालो कारबाट टोलीले सोमवार उक्त परिमाणको सुन बरामद गरेको हो ।

प्रतिकृया दिनुहोस

Check Also

ओली–मोदीले भिडियो कन्फरेन्सबाट अरुण तेस्रोको शिलान्यास गर्ने

काठमाडौँ । लगानी बोर्डले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवद्र्धक एसजेभिएन नेपाललाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान …