Home / खेल / अन्तर्राष्ट्रिय क्रिकेट खेलेको २२ वर्षपछि नेपाललाई एक दिवसीय मान्यता

अन्तर्राष्ट्रिय क्रिकेट खेलेको २२ वर्षपछि नेपाललाई एक दिवसीय मान्यता

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपालले चार वर्षसम्मका लागि पहिलो पटक एकदिवसीय मान्यता पाएको छ । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटअन्तर्गत नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराएसँगै नेदरल्याण्ड्सले पनि हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एकदिवसीय मान्यता पाएको हो । नेपालले अब सो मान्यतासँगै आइसिसीले खेलाउने विभिन्न प्रतियोगितामा सहभागिता जनाउन पाउने छ भने आइसिसीले अहिले गर्दै आएको सहयोगमा वृद्धि हुनेछ । नेपालले सन् १९९६ मा अन्तर्राष्ट्रिय खेल खेल्ने मान्यता पाएको थियो । २२ वर्षको संघर्षपछि नेपालले चार वर्षका लागि एक दिवसीय खेल्ने मान्यता पाएको हो । नेपालले प्लेअफको अन्तिम खेलमा सातौं स्थानका लागि शनिबार नेदरल्याण्ड्ससंग खेल्दैछ । हङकङ र पपुवा न्यूगिनी डिभिजन टु मा घटुवा भएका छन् ।

प्रतिकृया दिनुहोस

Check Also

इंगल्याण्ड विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । इंगल्याण्ड रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । शनिबार राति भएको क्वार्टरफाइनलमा …