Home / भिडियो / ‘डमरुको डण्डीबियो’ को गीत रिलिज

‘डमरुको डण्डीबियो’ को गीत रिलिज

काठमाडौं । नयाँ चलचित्र ‘डमरुको डण्डीबियो’ को पहिलो अफिसियल गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘तितेताते तितेताते झ्याप झ्याप’ बोलको गीतमा फिल्मका प्रमुख कलाकारहरु फिचरिङ छन् । चर्चित अभिनेता तथा लेखक खगेन्द्र लामिछाने अभिनीत उक्त चलचित्रमा कालीप्रसाद बाँस्कोटाको स्वर र संगीत रहेको छ । गीतको शब्द एकतारे, काली र हर्क साउदले लेखेका हुन् । गीतमा खगेन्द्रसँगै मेनुका प्रधान, वुद्धि तामाङ, लक्ष्मी बर्देवालाई डण्डीबियो सिक्दै गरेको देख्न सकिन्छ । कलाकार अनुप बराल डण्डीबियो प्रशिक्षकको भूमिकामा देखिएका छन् । नेपालमा लोप हुँदै गएको डण्डीबियोको कथालाई फिल्ममा उतारिएको छ । चलचित्र २०७५ को बैशाख २१ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।

प्रतिकृया दिनुहोस

Check Also

विनय र सृष्टि भन्दैछन् –तिम्रै लागि हो (भिडियोसहित)

काठमाडौं । अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सृष्टि श्रेष्ठको चलचित्र ‘रोमियो एण्ड मुना’ को रोमान्टिक …