Home / भिडियो / ‘लम्फू’ ले ल्यायो ‘दोधारमा परें म’

‘लम्फू’ ले ल्यायो ‘दोधारमा परें म’

काठमाडौं । चलचित्र लम्फूको अर्को गीत आएको छ ‘दोधारमा परें म’ । २०७५ बैशाख २८ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको ‘लम्फू’ को दोश्रो गीत ‘दोधारमा परेँ म’ को भिडियो रिलिज भएको छ । यो गीतमा दुर्गा खरेलको स्वर, अर्जुन पोखरेलको संगीत तथा नरेश भट्टराईका शब्द रहेको छ । यस गीतमा नायिका मरिश्का पोखरेल र नव–नायक कबिर खड्का फिचरिङ छन् । गीतले एक युवतीले आफ्नो बैवाहिक जीवनलाई कस्तो बनाउने र कोसँग बिवाह गर्ने भन्ने बारेमा साथीहरुसँगको मनोभाव व्यक्त गरेको छ । गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’ मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुङ, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ । उक्त फिल्ममा (तरकारीवाली) नामले प्रख्यात कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस

Check Also

नीता ढुंगानाले ‘जवानीको बजार लाग्या छ……’ भनेपछि (भिडियोसहित)

काठमाडौं । चलचित्र ‘दि कर्मा’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘जवानीको बजार लाग्या …