Home / खेल / विराट गोल्डकप फुटबलको उपाधि थ्रीस्टारलाई

विराट गोल्डकप फुटबलको उपाधि थ्रीस्टारलाई

विराटनगर । विराट गोल्डकप–२०७४ फुटबलको उपाधि थ्रीस्टार क्लब काठमाडौँले हात पारेको छ । विराटनगरको शहीद मैदानमा सोमबार राति सम्पन्न खेलमा त्रिभुवन आर्मीलाई ३–० ले पराजित गर्दे थ्रीस्टारले उपाधि हात पारेको हो । खेलको ५४ औँ मिनेटमा थ्रीस्टारले पाएको कर्नरलाई अनन्त तामाङले गोलमा परिणत गरे । शुरुदेखि नै दवावमा राखेको थ्रीस्टारले खेलको ७५ मिनेटमा पेनाल्टी गोल गरेको थियो । विमल घर्ती मगरले पेनाल्टीलाई गोलमा परिणत गरे । ८२ औँ मिनेटमा विमलले पुनः गोल गरेपछि थ्रीस्टारले तीन गोलको अग्रता कायम गरेको थियो ।विमल ‘म्यान अफ दी म्याच’ घोषित भए । विराट गोल्डकप फुटबलको उपाधि थ्रीस्टारलाई
विराटनगर । विराट गोल्डकप–२०७४ फुटबलको उपाधि थ्रीस्टार क्लब काठमाडौँले हात पारेको छ । विराटनगरको शहीद मैदानमा सोमबार राति सम्पन्न खेलमा त्रिभुवन आर्मीलाई ३–० ले पराजित गर्दे थ्रीस्टारले उपाधि हात पारेको हो । खेलको ५४ औँ मिनेटमा थ्रीस्टारले पाएको कर्नरलाई अनन्त तामाङले गोलमा परिणत गरे । शुरुदेखि नै दवावमा राखेको थ्रीस्टारले खेलको ७५ मिनेटमा पेनाल्टी गोल गरेको थियो । विमल घर्ती मगरले पेनाल्टीलाई गोलमा परिणत गरे । ८२ औँ मिनेटमा विमलले पुनः गोल गरेपछि थ्रीस्टारले तीन गोलको अग्रता कायम गरेको थियो । विमल ‘म्यान अफ दी म्याच’ घोषित भए ।

प्रतिकृया दिनुहोस

Check Also

एसिया कप क्रिकेटबाट बाहिरियो नेपाल

काठमाडौँ । नेपाल बङ्गलादेशमा जारी एसिसी यू–१९ एशिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । …