Home / भिडियो / यस्तो आयो ‘ह्याप्पी डेज’ को ट्रेलर

यस्तो आयो ‘ह्याप्पी डेज’ को ट्रेलर

काठमाडौं । बैशाख १४ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘ह्याप्पी डेज’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । पहिलोभन्दा दोस्रो ट्रेलर केही आकर्षक बनाइएको छ । यसमा दयाहाङ राईको दुईतर्फी प्रेम देखाइएको छ । अभिनेत्री दीया पुन र प्रियंका कार्कीको प्रेममा उनी लठिएका छन् । फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ । मिलन चाम्स निर्देशित ‘ह्याप्पी डेज’लाई लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । फिल्ममा सञ्जय गुप्ता, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स लगायतका कलाकारहरुको पनि अभिनय छ ।

प्रतिकृया दिनुहोस

Check Also

नीता ढुंगानाले ‘जवानीको बजार लाग्या छ……’ भनेपछि (भिडियोसहित)

काठमाडौं । चलचित्र ‘दि कर्मा’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘जवानीको बजार लाग्या …