Home / आर्थिक / पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

काठमाडौँ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले स्वतःसञ्चालित मूल्य संरचनाबमोजिम पेट्रोलमा प्रतिलिटर रु एक तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु दुई–दुई मूल्य वृद्धि गरेको जनाएको छ । समायोजित नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १०६ र डिजेल तथा मट्टितेल प्रतिलिटर रु ८७ कायम भएको छ । स्वतः सञ्चालित मूल्य संरचनाअनुसार बिक्री मूल्य समायोजन गर्दा निगमको अर्ध मासिक नाफा करीव रु २१ करोड हुने देखिएको छ ।

प्रतिकृया दिनुहोस

Check Also

शेयर बजार दोहोरो अङ्कले घटेर बेहाल भयो

काठमाडौँ । धितोपत्र बजारमा शेयरको मूल्य ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार …