Home / भिडियो / बुद्धि तामाङ फेरि उफ्रे, भिडियोसहित

बुद्धि तामाङ फेरि उफ्रे, भिडियोसहित

काठमाडौं । कलाकार बुद्दि तामाङ्ग उर्फ ‘हैट’ को ‘चङ्गा’ सबैको मन चङ्गा बनाउने अपेक्षा गरिएको छ । चलचित्रमा प्रमूख भूमिका निभाउने क्रममा जेठ २५ मा रिलिज हुने ‘चङ्गा’ मा पनि उनको भूमिका अहम् छ । उनी भूमिकासंगै नृत्यमा समेत जम्दै गएका छन् । किशोर भण्डारी निर्देशित यो फिल्ममा बुद्धिले राम्रो नृत्य गरेका छन् । हालै सार्वजनिक राजनराज सिवाकोटीको संगीतमा राजनराज र अञ्जु पन्तको स्वर रहेको ‘कम्पनी माला’ बोलको गीतमा उनी नाचेका छन् । गीतमा शब्द राजेन्द्र थापाले लेखेका छन् । गीतको भिडियोमा कोरियोग्राफी कविराज गहतराजको छ । फिल्ममा बुद्धि तामाङ, कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा शाह, जीवन भट्टराई, राजन खतिवडा र लक्की भण्डारी लगायतको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस

Check Also

अक्षय कुमार घाइते, स्थिति खतरामुक्त

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार घाइते भएका छन्। फिल्म ‘केसरी’को एक्सन सीनको शुटिङ्गका क्रममा …