Home / भिडियो / बबाल आयो सलमानको ‘रेस ३’ ट्रेलर

बबाल आयो सलमानको ‘रेस ३’ ट्रेलर

काठमााडैं । दबंग स्टार सलमान खानको नयाँ फिल्म ‘रेस ३’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले मंगलवार मुम्बईमा एक कार्यक्रम गर्दै एक्सनले भरिएको ट्रेलर सार्वजनिक गरेको हो । १५ जुनमा रिलिजको तयारी गरिएको चलचित्रलाई रेमो डिसूजाले निर्देशन गरेका हुन् । फिल्ममा सलमानसँगै बबी देओल, अनिल कपूर, ज्याकलिन फर्नान्डिज र डेजी शाह लगायतलाई एक्सन अवतारमा देख्न सकिन्छ । सलमान यो फिल्ममा भिलेनको भूमिकामा छन् । ‘रेस ३’ का प्रोड्यूसर रमेश तौरानीले यस फिल्मको थिएट्रिकल राइट्स इरोज इन्टरनेशनललाई १९० करोडमा बेचेका छन् । यो सलमानको पहिलो फिल्म हो जसको थिएट्रिकल राइट्स सबैभन्दा महँगो मूल्यमा विक्रि भएको छ । यसलाई अहिलेसम्मकै सलमानको सबैभन्दा बढी कमाउने फिल्म बन्न सक्ने पनि विश्लेषण गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

Check Also

आयो ‘इन्टु मिन्टु लण्डनमा’ को शिर्ष गीत

काठमाडौं । फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को शिर्ष गीत सार्वजनिक भएको छ । रेनाशा वान्तवा …