Home / खेल / ५ विकेटसहित स्वदेश फर्के सन्दीप लामिछाने

५ विकेटसहित स्वदेश फर्के सन्दीप लामिछाने

काठमाडौँ । भारतमा भएको इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट खेलेर राष्ट्रिय क्रिकेट टोलीका सदस्य लेग स्पीनर सन्दीप लामिछाने मंगलबार स्वदेश फर्किएका छन् । आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका १७ वर्षीय लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालगायतले स्वागत गरे । लामिछानेले आइपिएलबाट आफूले धेरै कुरा सिकेको भन्दै त्यो कुरालाई नेपाली क्रिकेटमा लागू गर्ने बताए । उनले आइपिएलमा नेपाललाई चिनाउने मौका पाएको भन्दै बलिङमा थप सुधार भएको धारणा व्यक्त गरे । लामिछानेले अन्तिम तीन खेल खेल्ने मौका पाएका थिए । उनले खेलेका ३ खेलमा नै उत्कृष्ट प्रदर्शन गर्दै कूल ५ विकेट झारेका थिए । उनलाई दिल्ली डेयरडेभिल्सले ३२ लाख रुपैयाँमा अनुबन्ध गरेको थियो । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो एक्सपोजर पाएका छन् ।

प्रतिकृया दिनुहोस

Check Also

प्रधानमन्त्री कप क्रिकेटको उपाधि सशस्त्र प्रहरीलाई

काठमाडौँ । विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितको उपाधि …