Home / कलासाहित्य / राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार

राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत घिमिरेको स्वास्थ्यमा सुधार आएको हो । बिहीबार बेलुकाबाट सानो आन्द्राबाट आइरहेको आन्तरिक रक्तश्राव बन्द भएको छ । धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहेका राष्ट्रकवि घिमिरेको सानो आन्द्राबाट आन्तरिक रक्तश्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा नै थप उपचारका लागि बुधबार मेदान्त अस्पतालमा लगिएको थियो । चिकित्सकको सल्लाहमा उनले अझै एक हप्तासम्म अस्पतालमा रही स्वास्थ्य उपचार गराउने छन् । यसैबीच भारतस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दै राष्ट्रकवि घिमिरेको स्वास्थ्य सुधारोन्मुख भएको जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

Check Also

राष्ट्रकवि घिमिरेलाई क्याविनमा सारियो, केही दिनमा नेपाल आउने

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई सोमबारदेखि क्याविनमा सारिएको छ । उनको स्वास्थ्यमा सुधार आएपछि उच्च …