Home / मनोरञ्जन / नेसनल बक्स अफिस म्युजिक भिडियो अवार्डको तयारी तीव्र, ट्रफी सार्वजनिक

नेसनल बक्स अफिस म्युजिक भिडियो अवार्डको तयारी तीव्र, ट्रफी सार्वजनिक

काठमाडौं । राष्ट्रिय बक्स अफिस म्यूजिक भिडियो अवार्डको तयारी तीव्र भइरहेको छ । आगामी असोजको पहिलो हप्ता विदेशी भूमिमा हुने फाइनल अवार्डका लागि आयोजकले आफूलाई उपयुक्त हुने विधामा जुनसुकै तह, तप्का र क्षेत्रका सर्जकहरुलाई सहभागीता जनाउन आग्रह गरेको छ । फारम अनलाइन, फेसबुक, भाइवर र प्रत्यक्ष भेटेर पनि भर्न सकिने आयोजकले जानकारी दिएको छ । गत असार मसान्तदेखि एक वर्षभित्र सार्बजनिक भएका राष्ट्रिय गीत, धार्मिक गीत, चलचित्र, लोक दोहोरी, आधुनिक, पप, भाषिक, प्रवास, मोफसलका विभिन्न गीत संगीतहरुलाई छनोट गरी अवार्ड आयोजना हुन लागेको हो ।

शनिबार एक विज्ञप्ति जारी गर्दै आयोजकले अवार्डको लोगो सार्वजनिक गर्नुका साथै अवार्डमा बढी भन्दा बढी सर्जकको सहभागिता जनाउन आग्रह गरेको हो । नेपाल राष्ट्र बैंकका बरिष्ठ नोट डिजाइनर सुन्दर श्रेष्ठले नेशनल बक्स अफिस म्यूजिक भिडियको अवार्डको लोगो तथा अवार्डको ट्रफी निर्माण गरेका हुन् । उक्त लोगोले सांगीतिक क्षेत्रका हरेक क्षेत्रलाई समेटेको छ भने लोगोबाटै राष्ट्रियता झल्किन्छ । राष्ट्रिय बक्स अफिस म्यूजिक भिडियो अवार्डको आयोजक संस्था बक्स अफिस इन्टरनेशनल ग्रुपले अहिले देश विदेश र मोफसलबाट फारम भर्ने काम धमाधम भइरहेको जानकारी दिएको छ । विगतका वर्षहरुझै यो अवार्डलाई विदेशी भूमिमा भव्य र सभ्य बनाउन आन्तरिक गृहकार्य तीव्र भइरहेको आयोजक संस्थाका अध्यक्ष आरके सुवेदीले बताए । झन्डै ४६ वटा विधामा प्रदान गरिने अवार्डको फाइनल अवार्ड प्रदान भने विदेशी भूमिमा हुने अध्यक्ष सुवेदीले बताए । तर, त्यसभन्दा अगाडि भने उत्कष्ट १० र ५ गीत संगीतहरुको नोमिनेसन काठमाडौंमा छुट्टाछुट्टै भव्य कार्यक्रम गरी सार्वजनिक गरिने जानकारी दिए । उत्कृष्ट १९ एन्फा मैदानमा मैत्रीपुर्ण फुटबल राखेर सम्मान गरिने छ भने उत्कृष्ट पाँचलाई आर्मी अफिसर क्ल्बमा अवार्ड जसरी नै कार्यक्रम आयोजना गरि नोमिनेसन, मेडल वितरन गरिने उनले जानकारी दिए ।

गीत संगीत बजार नेपाली सांगीतिक क्षेत्रमा फराकिलो बजार नभए तापनि गीत संगीतको माध्यमबाट जो कोही पनि अछुतो रहन सकिरहेको छैन । विदेशमा बसेर मात्र किन नहोस्, त्यहाँ बस्ने नेपालीहरुले नेपाली गीत संगीत क्षेत्रमा अहं भूमिका निर्वाह गर्दै आइरहेका छन् । विदेशमै बसेर पनि गीत संगीत क्षेत्रलाई अगाडि बढाउन श्रष्टाहरु लागिरहेको भए तापनि उनीहरुको सही मूल्यांकन भएको पाइँदैन । विदेशमै बसेर गीत संगीतको प्रवद्र्धन गर्नु निकै कठिन कार्य भएका कारण बक्स अफिस म्यूजिक भिडियो अवार्डमा प्रवास विधाबाट यसको प्रोत्साहन गर्ने कार्य भइरहेको छ ।

यसैगरी गीत संगीतबाट नेपालको राष्ट्रियता झल्काउन श्रष्टाहरुले निरन्तर गीत सिर्जना गरिरहेका छन् । नेपालमा राष्ट्रिय गीतहरु अन्य गीतहरुको तुलनामा अझेलमा छन् । यस्ता गीतहरुको सही मूल्यांकन हुन सकेको छैन । त्यसैले यस्ता राष्ट्रिय गीतको पबद्र्धनका लागि राष्ट्रिय बक्स अफिस म्यूजिक भिडियो अवार्डले राष्ट्रिय गीतलाई पहिलो नम्बरमा राख्दै अवार्ड प्रदान गर्ने भएको छ । त्यस्तै धार्मिक क्षेत्रलाई समेटेर निर्माण गरिएका गीतको प्रवद्र्धनका लागि पनि यो अवार्डले विशेष रुपमा अवार्ड प्रदान गर्ने भएको छ । नेपाल धार्मिक सहिष्णुता रहेको मूलुक भएकै कारण यहाँ धार्मिक पर्यटन प्रवद्र्धनको सम्भावना बलियो देखिन्छ । गीत मार्फत यस्तो काम हुँदै गइरहेको सन्दर्भमा उनीहरुको सही मूल्यांकन भने भएको पाइँदैन । अब भने राष्ट्रिय बक्स अफिस म्यूजिक भिडियो अवार्डले यो अवार्डबाट उक्त विधा समेट्दै यस क्षेत्रमा लागेका कलाकारको उचित सम्मान गर्ने भएको छ ।

त्यसैगरी मुलुक संघीयतामा गइरहेको बेला यसलाई पनि अवार्डले विशेष रुपमा समेट्ने भएकोे छ । मोफसलबाट वार्षिक रुपमा ३ सय भन्दा बढी गीत संगीतहरु बजारमा आउने गरेको पाइन्छ । मोफसलमा बनेका गीतहरुले स्थानीय क्षेत्रमा प्रभाव जमाउने भए पनि राष्ट्रिय स्तरमा उनीहरुको प्रभूत्व तथा पहुँच पुग्न सकेको देखिँदैन । गीत निकै राम्रा हुने भए पनि विविध कारणले राष्ट्रिय स्तरका गीतसँग टक्कर गर्न सकेको अवस्था देखिदैन । यही अवस्थालाई मध्यनजर गर्दैैै राष्ट्रिय बक्स अफिस म्यूजिक भिडियो अवार्डले मोफसल विधा नै समेटेर ३२ वटा विधामा अवार्ड प्रदान गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस

Check Also

‘प्रसाद’ को गीतमा रोयो सारंगी (भिडियोसहित)

काठमाडौं । चलचित्र प्रसादको रिलिकल भिडियो सार्वजनिक भएको छ । अभिनेता विपिन कार्की र अभिनेत्री …