Home / खेल / विश्वकप फुटबलको उपाधि फ्रान्सलाई

विश्वकप फुटबलको उपाधि फ्रान्सलाई

काठमाडौं । रुस विश्वकप फुटबलको उपाधि फ्रान्सले जितेको छ । फाइनलमा क्रोएसियालाई ४–२ ले हराउँदै फ्रान्सले उपाधि जितेको हो । फ्रान्सको जितमा एन्टोइन ग्रिजम्यान, पल पोग्बा र एम्बाप्पेले गोल गरे । पहिलो गोल क्रोएसियाले आत्मघाती गरेको थियो । निकै आक्रामक प्रदर्शनसहित फाइनल खेलेको क्रोएसियाका लागि इभान पेरिसच र मारियो मान्डुकिचले गोल गरेका थिए । एम्बाप्पे १९ वर्षको उमेरमा फाइनलमा गोल गर्ने दोस्रो खेलाडी बनेका छन् । सन् १९५८ मा पेलेले १७ वर्षको उमेरमा फाइनलमा गोल गरेका थिए । फ्रान्सको यो दोस्रो उपाधि हो । फ्रान्सले पहिलो पटक सन् १९९८ मा उपाधि जितेको थियो ।

प्रतिकृया दिनुहोस

Check Also

एसिया कप क्रिकेटबाट बाहिरियो नेपाल

काठमाडौँ । नेपाल बङ्गलादेशमा जारी एसिसी यू–१९ एशिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । …