Home / भिडियो / यस्तो आयो ‘१२ मासे’ को ट्रेलर

यस्तो आयो ‘१२ मासे’ को ट्रेलर

काठमाडौं । नामै त १२ मासे । कस्तो होला त यो फिल्म भन्ने कौतुहल हुन सक्छ । भदौ १ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै अभिनेता जयकिशन बस्नेत स्टारर फिल्म ‘१२ मासे’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर कमेडी शैलीमा तयार पारिएको छ । हाँस्य कलाकारहरुको बाहुल्यता रहेको यस फिल्ममा जुवा तासमा हल्लिने युवा तथा बृद्धहरुको कथालाई उठाइएको छ । यसका निर्देशक लय संग्रौला हुन् । ट्रेलरमा अनमोल केसी र प्रदीप खड्काको पनि चर्चा गरिएको छ । दुई युवतीको बीचमा बसेर अभिनेता बस्नेत भन्छन्, ‘अब तिमीहरु प्रदीप खड्का, अनमोल केसी, सलोन बस्नेत भनेर पछि लाग्छौं तर तिनीहरुले तिमीहरुलाई भाऊ नै दिँदैन ।’ फिल्ममा जयकिशनका अलावा पुजना प्रधान, मरिचमान श्रेष्ठ, पुरन थापा, प्रदीप पाठक, सोनिका बास्तोला लगायतको अभिनय रहेको छ ।

 

प्रतिकृया दिनुहोस

Check Also

नीता ढुंगानाले ‘जवानीको बजार लाग्या छ……’ भनेपछि (भिडियोसहित)

काठमाडौं । चलचित्र ‘दि कर्मा’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘जवानीको बजार लाग्या …