Home / भिडियो / अनुप र वर्षाबीच ‘म त परें तिम्रै भर’

अनुप र वर्षाबीच ‘म त परें तिम्रै भर’

काठमाडौं । चलचित्र ‘जय शम्भु’ को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘म त परेँ तिम्रै भर……’ बोलको गीतमा अभिनेता अनुप विक्रम शाही र अभिनेत्री वर्षा सिवाकोटीबीचको क्यामेष्ट्रि मिलेको देखिएको छ । अञ्जु पन्त र टंक बुढाथोकीको स्वर रहेको गीतको शब्द अमृता नेपालले लेखेकी हुन् । गीतमा संगीत टंक स्वयंको छ । २० लाख खर्च भएको भनिएको यो गीत खिच्न आकर्षक सेट तयार पारिएको थियो । २ करोडको लागतमा निर्माण भएको फिल्म ‘जय शम्भु’ मा अनुप र वर्षासंगै रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्म भदौ १ गते रिलिज हुनेछ ।

 

प्रतिकृया दिनुहोस

Check Also

युट्युबमा आयो ‘सुनकेसरी’ (पूरा फिल्म)

काठमाडौं । चलचित्र ‘सुनकेसरी’ युट्युबमा आएको छ । यस वर्षको फ्लप फिल्मको लिस्टमा आफ्नो उपस्थिति …