Home / भिडियो / विनय र सृष्टि भन्दैछन् –तिम्रै लागि हो (भिडियोसहित)

विनय र सृष्टि भन्दैछन् –तिम्रै लागि हो (भिडियोसहित)

काठमाडौं । अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सृष्टि श्रेष्ठको चलचित्र ‘रोमियो एण्ड मुना’ को रोमान्टिक गीत रिलिज भएको छ । ‘तिम्रै लागि हो…..’ बोलको गीतले यी दुईको प्रेमभाव बोल्छ । साँच्चिकै नयाँ प्रेमी अवतारमा दुवै देखिएका छन् । साउन ११ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको उक्त फिल्मको गीतको शब्द तथा संगीत हर्कुलस बस्नेतको रहेको छ । ‘रोमियो एण्ड मुना’ लाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् । फिल्ममा विनय र सृष्टिसँगै सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्जवल सुजल गिरी लगायत कलाकाररुको अभिनय छ ।

 

प्रतिकृया दिनुहोस

Check Also

आयो ‘इन्टु मिन्टु लण्डनमा’ को शिर्ष गीत

काठमाडौं । फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को शिर्ष गीत सार्वजनिक भएको छ । रेनाशा वान्तवा …