Home / स्वास्थ्य / जिते डा गोविन्द केसीले, सरकारसंग २२ बुँदे सहमति गर्दै तोडे २७ दिन लामो अनशन

जिते डा गोविन्द केसीले, सरकारसंग २२ बुँदे सहमति गर्दै तोडे २७ दिन लामो अनशन

काठमाडौँ । नेपाल सरकार र अनशनरत प्रा डा गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा बिहीबार राति सहमति भएको छ । प्रा डा केसी विभिन्न माग राखी २७ दिनदेखि कर्णाली विज्ञान प्रतिष्ठान जुम्ला र त्रिवि शिक्षण अस्पताल काठमाडौँमा अनशनरत थिए । २२ बुँदे सहमति भएपछि डा केसीको आमरण अनशन टुंगिएको छ । सरकारका तर्फबाट नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ र माथेमा कार्यदलका संयोजक प्रा केदारभक्त माथेमाले अस्पतालमा अनशनरत प्रा डा केसीलाई जुस ख्वाएर अनशन तोडाए ।

 

 

प्रतिकृया दिनुहोस

Check Also

मदिरा सेवनले वार्षिक ३० लाख बढीको मृत्यु

काठमाडौं । मदिरा सेवन गरेर संसारमा हरेक बर्ष ३० लाख भन्दा बढीको मृत्यु हुने गरेको …