Home / विश्व / आगलागीमा परी एउटै परिवारका सात जनाको मृत्यु

आगलागीमा परी एउटै परिवारका सात जनाको मृत्यु

काठमाडौं । आगलागीमा परी पूर्वी युगाण्डामा एकै परिवारका सात जनाको मृत्यु भएको छ । पूर्व क्योगा क्षेत्रका प्रहरी प्रवक्ता मिचेल ओडोङ्गोले सिन्ह्वालाई टेलिफोनमा बुधबार दिएको जानकारी अनुसार मङ्गलबार बेलुका आगलागी भएको हो । बुकेडा जिल्लाको अमुटोरो गाउँमा रहेको एउटा घरमा स्थानीय समय अनुसार बेलुका ८ बजे ग्यालेनमा राखेको पेट्रोलबाट आगो फैलिएको प्रहरी प्रवक्ताको भनाइ छ । खाना पकाएकी महिलाले घरबाहिर पकाएको खाना भित्र लगेर राख्ने क्रममा पेट्रोलबाट आगलागी भएको बताइएको छ । झुप्रो घर भएकाले आगोले चाँडो टिपेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

Check Also

भारत चुनाव आउँदै गर्दा हिंसा बढ्दो, विधायकको गोली हानी हत्या

कोलकाता । भारतको पश्चिम बङ्गाल राज्यमा अज्ञात व्यक्तिले गोली प्रहार गरेर एक विधायकको हत्या गरेका …