Home / विश्व / अमेरिकामा आँधीको ताण्डब जारी, १८ बढीको मृत्यु

अमेरिकामा आँधीको ताण्डब जारी, १८ बढीको मृत्यु

काठमाडौं । संयुक्तराज्य अमेरिकाको दक्षिणपूर्वी क्षेत्रमा आँधी र बाढीको प्रकोप जारी रहेको छ । बाढी र आँधीबाट १८ बढीको ज्यान गइसकेको र अरु हजारौँ नागरिक प्रभावित भएका छन् । दुई दिन अघिमात्र टेक्सास राज्यमा आपतकालीन स्थितिको घोषणा गरिएको थियो । सो क्षेत्रमा अहिले पनि बाढी र आँधी आइरहेका समाचारहरु प्राप्त भएका छन् । केही दिनयताको अविरल वर्षा र यसका कारण आएको व्यापक बाढीले ठूलो क्षति पुगेको छ । ती क्षेत्रमा आँधी पनि कायमै छ । आँधीले कैयौँ भौतिक संरचना उडाएको र ध्वस्त पारेको छ । टेक्सास राज्यका गभर्नर जर्ज अबोटले गत शनिबार मात्र त्यहाँका करिब ७८ काउन्टीमा आँधीको प्रभाव रहेकाले ती राज्यलाई नै आपतकालीन प्रभावित क्षेत्र घोषणा गरेका थिए । दक्षिणपूर्वी क्षेत्रहरुमा अविरल बाढी र आँधी जारी रहेका कारण यहाँ बाँधहरु फुट्ने र पहिरो जाने सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस

Check Also

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सय दिन

इस्लामावा । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो सय दिने कामको विवरण बिहीबार सार्वजनिक गर्दै यो …