Home / देश / यस्तो छ सरकारबाट विभूषित हुनेको नाम

यस्तो छ सरकारबाट विभूषित हुनेको नाम

काठमाडौँ । सरकारले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ (मरणोपरान्त) लाई ‘नेपालरत्न’ द्वारा विभूषित गर्ने घोषणा गरेको छ । उक्त मानपदवी दिइने गृह मन्त्रालयले जनाएको छ । त्यस्तै राजनीतिज्ञ गजेन्द्रनारायण सिंह र सङ्गीतज्ञ अम्बर गुरुङ (मरणोपरान्त), वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र राष्ट्रकवि माधव घिमिरे लाई महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) मानपदवीद्वारा विभूषित गर्ने घोषणा भएको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम श्रेणी) तथा डा बालकृष्ण पोखरेल र जगमान गुरुङलाई उज्ज्वल कीर्तिमय राष्ट्रदीप (द्वितीय श्रेणी) मानपदवीद्वारा विभूषित गर्ने घोषणा गरिएको मन्त्रालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । त्यस्तै साहित्यकार दिनेशहरि अधिकारी, वरिष्ठ गायक तथा अभिनेता हरिप्रसाद रिमाल (मरणोपरान्त) र इतिहासकार प्रा दिनेशराज पन्तलाई सुकीर्तिमय राष्ट्रदीप (तृतीय श्रेणी) पदकद्वारा विभूषित गर्ने घोषणा गरिएको छ ।

प्रतिकृया दिनुहोस

Check Also

सडक दुर्घटनामा तीन जनाको ज्यान गयो

धादिङ । पृथ्वीराजमार्गको भीमसेन स्थानबाट कच्ची सडकबाट चकमके जाँदै गरेको बा५ख २४१८ नंको टिपर थाक्रे …