Home / राजनीति / अख्तियार प्रमुखमा घिमिरे

अख्तियार प्रमुखमा घिमिरे

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे नियुक्त भएका छन् । घिमिरेले बिहीबार साँझ पद तथा गोपनीयताको शपथ लिँदै कार्यभार सम्हालेका छन् । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा नवनियुक्त घिमिरेलाई पद तथा गोपनीयताको शपथ गराइएको हो । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, मुख्य सचिव, सचिवहरु, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो । त्यसपछि घिमिरे टंगाल पुगेर कार्यभार सम्हाले । घिमिरे प्रमुख आयुक्तमा बिहीबारै नियुक्त भएका हुन् । संसदीय सुनुवाई विशेष समितिले उनलाई दिउँसो सिफारिस गरेको हो । उनको नाममा एउटा पनि उजुरी परेको थिएन । घिमिरेले भ्रष्टाचारी बाहेक कोही पनि अख्तियारसंग डराउनु नपर्ने प्रतिक्रिया दिएका छन् ।

प्रतिकृया दिनुहोस

Check Also

नेविसङ्घको १२औँ महाधिवेशन पुस २८ देखि काठमाडौंमा हुने

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घको १२औँ राष्ट्रिय महाधिवेशन आगामी पुुस २८ देखि ३० गतेसम्म हुने …