Home / विश्व / डुङ्गा दुर्घटनामा १२५ बढीको गयो ज्यान

डुङ्गा दुर्घटनामा १२५ बढीको गयो ज्यान

काठमाडौं । तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार भएको डुङ्गा दुर्घटनामा १२५ बढीको मृत्यु भएको छ । मृतकको सङ्ख्या कम्तीमा १२६ पुगेको र यो संख्या अझ बढ्न सक्ने देखिएको छ । दुई सय बेपत्ता भएका छन् । यात्रुहरु डुबेको आशङ्कामा उद्धारकर्मीले अनवरत काम गरिरहेका छन् । एमभि नाइरेरे नामक डुङ्गाले कम्तीमा २०० यात्रुलाई लिएर यात्रा गरिरहेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । यो डुङ्गाको भारबहन क्षमताभन्दा दोब्बर सङ्ख्या हो । घटनामा परेका ५७ जनालाई पानीबाट जीवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस

Check Also

इन्डोनेसिया भूकम्पमा मृत्यु हुने दुई हजार, पाँच हजार बेपत्ता

काठमाडौं । इन्डोनेसियामा केही दिन अगाडि गएको शक्तिशाली भूकम्प र सुनामीका कारण मृत्यु हुनेहरुको सङ्ख्या …